मैले कसैको प्यारलाई, एकतर्फी पर्खि बसें
मैले आफ्नै त्यो हारलाई एकतर्फी मानि बसें
जिन्दगीमा कति चले कति आँधी हुरी बेगले
तिम्रै लागि नै मारलाई एकतर्फी सहिँ बसें
मेरो मुटुको धड्कनले तिम्रो मुटुमा रमाई
मुटुमा छिनेकै तारलाई एकतर्फी रेटि बसें
तिम्रै आशमा मैले यो जिन्दगी नै बिताएँ
बदलिने त्यो विचारलाई एकतर्फी कुरि बसें
न कुनै बाचा थियो न कुनै बन्धन नै जिन्दगीमा
त्यो वर्षको हरबारलाई एकतर्फी अर्पि बसें
उनको हालचाल के हो थाहा छैन सब मलाई
यहाँ जीवनको सारलाई एकतर्फी बुझि बसें
मेरो पहिलो नजरको राजलाई भुल्न नसकी
अन्त साससम्म जारलाई एकतर्फी कुरि बसें
हाल- काठमाण्डौं कोटश्वर,सुबिधानगर
वि.सं.२०७६ असोज ४ शनिवार ०९:३३ मा प्रकाशित





























