back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७६ असोज ४ शनिवार

1.2K 

shares


अँध्यारो नै काफी थियो उसलाई घाम किन उदाउँछ ?
जसको ललाटमा सुख छैन डोको नाम्लो मै रमाउँछ
कम्मरमा पटुकी कसेर भोक तिर्खा बिर्सन्छ सबै
पीरको ओछ्यान आँसुको सिरानीमा दुःख बिसाउँछ ।

२)
अस्तित्व खतरामा पारेर पनि नगद हसुर्न लाग्नुभो
नेपाल र नेपालीको इतिहास खाल्डोमा पुर्नु लाग्नु भो
रहेन चिन्ता यहाँलाई अखण्ड देश र स्वाभिमानको
झन् उहाँ त नेपाली नागरिकता बोकेर दगुर्न लाग्नु भो ।

३)
कुन्ठिएर मरे आँकाक्षाहरू बैँसमा कति रहर फटाएँ
जानीजानी आफू जहर पिउँदै अरुलाई अमृत चटाएँ
दुर्योधन र दुशासनहरू बजारमा खुलेआम देखेपछि
चिरहरण नहोस् भनेर द्रौपदीलाई साडी उपहार पठाएँ ।

४)
मनको मैलो बिस्कुन सरि सुकाउँदा कसो होला ?
मनकै गाँठो तिमी सामु फुकाउदा कसो होला ?
जन्म भएको नै हाँसखेल गरि जिउन भन्छन्
ओठको हाँसो फुलाउन पीर लुकाउँदा कसो होला ?

५)
सिधाकुरा लेख्छु भन्यो कलम अन्तै बाङ्गीदो रहेछ
बेथिति को मलजल पर्दा भ्रष्टाचार झाङ्गीदो रहेछ
जतिसुकै महंगो पहिरनले लाज ढाक्न खोजे पनि,
नैतिकताको धरातलमा मान्छे झन् नाङ्गीदो रहेछ ।।

वि.सं.२०७६ असोज ४ शनिवार ०९:३४ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...