back
CTIZAN AD

हास्य लघुकथा : आमाको अस्तू

वि.सं.२०७६ असोज ४ शनिवार

1.1K 

shares

आमाको दाह सँस्कार सकेर मेरी आमाको अस्तु सेलाउन जस्तोसुकै दुखझेल्नुपरे पनि म आफैं नै जान्छु भनेर उतै नदीबाटै अस्तु बोकेर सेलाउन हिडेको डम्वरे आज बल्ल नौ दिनको दिन घर आईपुग्यो । उसलाई देख्ने वित्तिकै सबैले उसलाई सहानुभूति पोख्दै सोध्नथाले ‘बाबु ! हामी आफ्नै घर गाँउमा बसेर काजक्रिया गर्नेलाई त कति गार्हो भयो,तै यहाँ त कसैले के ल्याए कसैले के ल्याए नयाँ नयाँकुरो मुख फेर्दै खाईयो,आउने जाने सँग यसो दुईचार कुरा गर्दापनि समय विताउन सजिलो भयो, तिमी त परदेशमा के खायौ होला ? को सँग वोल्यौ होला ? भुतुक्कै भयौ नि मेरो वावु’ भन्दै चुक चुक गरे ।

डम्वरेले पनि खुब सचिलो हुँदै भन्यो ‘त्यस्तो दुखको त कुरै नगर्नोस,आफ्नी आमाको मुक्तिको लागि यतिपनि नगरे के छोरो हुँ भनेर भन्नु त ?’

‘हेर त विचरा च्व च्व अनि के खाईस त नानी यतिका दिन ?’ काकीले दुखेसो पोख्दै सोधिन् ।

खोई के भन्नु र काकी ! घाटबाट हिडेका दिन एकदुई वटा स्याउका टुक्रा टोकेँ, पटक्कै खाँउ भएन, भोलीपल्ट अलिकति दुध किनेर खीर बनाएर खाँए त्यो पनि गुलियो पेटै गुलियो भएर आयो, अलिकति खाएर फ्याकीदिए, पर्सीपल्ट सारै भएन भनेर आधाकिलो खसिको फलमासु किनेर ल्याँए र मज्जाले मर मसला गरेर पकाएको थिएँ, तर त्यो पनि नुनै नहालेपछि कहाँ खाईसक्नु हुँदो रछ र त्योपनि झण्डै खेरगयो नि काकी ?’

घर गाँउलेहरू एकै स्वरमा भने, ‘हन केभन्छ हँ यो डम्वरे’

वि.सं.२०७६ असोज ४ शनिवार ०९:३६ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...