back
CTIZAN AD

कविता : जस्तालाई तेस्तै,ढेंडोलाई निस्तै

वि.सं.२०७६ असोज ४ शनिवार

2K 

shares

सर्वशक्तिमान हुँ म वर्तमानको,
भगवान हुँ म यस कलियुगको,

म काल हुँ
म विधाता हुँ

किनभने : ‘म पैसा हुँ’ !

रात–दिन दौडिन्छन् मान्छे घाम पानी सहेर
नतमष्तक झुक्छन् मान्छे मोहनी मुग्ध भएर

धनी–गरीब सबै मेरा दास हुन
रीस–अहङ्कार मेरा खास हुन्

किनभने : ‘म पैसा हुँ’ !

मान्छे–मान्छेको विचमा आगो बाल्ने
म पैसा,
आफ्नो–आफ्नोको माझमा बार लाउने
म पैसा,

प्रेमी–प्रेमीका औ लोग्ने–स्वास्नी
दाज्यू–भाईहरूमा फाटो ल्याउने
म त्यही पैसा

म सर्वस्व हुँ
म सर्वश्रेष्ठ हुँ
भनेर प्रचण्ड घमण्ड बोकर हिँड्ने
यो पैसालाई…

म ब्राह्मण्ड हुँ
म प्रकृति हुँ
भनेर धाँकहरू हाँक्ने
यो पैसालाई…

मेरो असंख्या प्रश्नहरू छ
खुल्लम चुनौतीहरू छ

लु किनेर देखा जन्म दिने आमा–बाबु
एकैपल्ट समेटेर देखा साँचो इष्ट–मित्र

सक्छस् ???

सक्छस् भने समयलाई किनेर देखा
सक्छस् भने विगतलाई फर्काएर देखा

एक मुट्ठी खुसीहरू हत्याएर देखा पैसाको बलमा
मृत्यूलाई जिन्दगीसंग साटेर देखा पैसाको बलमा

सक्छस् ???

हो !
किनेर देखाइ दे इश्वर…!
किनेर देखाइ दे इमान…!

ऐ पैसा…???

वि.सं.२०७६ असोज ४ शनिवार ०९:३८ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...