back
CTIZAN AD

कविता : उत्सव

वि.सं.२०७६ असोज ४ शनिवार

963 

shares

जब गाउँभरि चाडपर्वको बास्ना फैलिन्थ्यो
तब सासुआमा भन्नुहुन्थ्यो–
हाम्रो घराँ चाडपर्व त आउदै नि बा !

स्नेहले लब्रिदै भन्नू हुन्थ्यो
खाऊ !
नमिठो भएपनि खाऊ बा ! यत्ति खाऊ !

तिनै सासुआमाका ममताका तागतले
डल्लाभात फोडेर
सिन्की झोलसंग सल्बलाएर निल्थें म

स्नेहका धारले सासुआमा
घरका सबै दुःख कटाउनु हुन्थ्यो
र, पटकपटक भन्नुहुन्थ्यो–
तिमोरु छौ र त, मलाई स्वर्ग छ

समयले यसरी कोल्टे फेर्यो
खुसीले जरा गाड्यो
हाम्रो घरमा वर्षै पिच्छे
तिज आउँछ
दशै आउँछ
तिहार आउँछ
यो उत्सव हेर्ने सासुआमा छैनन्
अहिले म सासु बनेकी छु
आखाँभरि सासुआमा र उनका छोरा लुकाएर
घरको सबै खुसी हेरिरहन्छु

यो रमझमको म मौन श्रोता हुँ
बुहारी खुसी आयात निर्यात गर्ने ब्यापारी हो
छोरा समय सापेक्ष परिकार हो

ऊ कहिले पर्व बन्छ
कहिले उत्सव बन्छ
कहिले खेलौना बन्छ
कहिले औषधी बन्छ
छोरा बिभाजन भएको म हेरिरहन्छु

यसवर्ष पनि फेरि चाडपर्व आउदैछ
ऊ फेरि दर बन्छ
दक्षिणा बन्छ
उपहार बन्छ
ऊ बिभाजन हुनु र मैले टुलुटुलु हेर्नू
जीवनको नियति बनेको छ

हरेक इच्छा आकांक्षासंग खण्डित छोरासंग
मलाई यत्ति भन्ने चाहाना छ

बाबू !
हरेक वर्ष चाडपर्व दोहोरिएझै
तिम्रा बाउको तिथिपनि वर्षै पिच्छे आउँछ

यति धेरै चिजमा विभाजित मेरो बाबू !
तिमी फेरि एकपटक खण्डित हुन सक्छौ ?
अबदेखि कुलवंश स्मरणको उत्सवपनि मनाउनू है

वि.सं.२०७६ असोज ४ शनिवार ०९:४३ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...