back
CTIZAN AD

दशैंका नयाँ नोट, दशैँ सकिएपछि बैंकरहरुलाई किन हुन्छ तनाब ?

वि.सं.२०७६ असोज ४ शनिवार

690 

shares

हिन्दुहरुको महान चाड दशैँ तथा तिहार नजिकँदै छ । विशेष गरी दशैँमा टिका लगाइ दिएपछि दक्षिणा दिने चलन छ । दक्षिणा दिँदा नयाँ नोट पाए केटाकेटी विशेष खुशी हुन्छन्, त्यसैले पनि दशैँका बेला नेपाल राष्ट्र बैंकले दशैँका बेला नयाँ नोट छाप्ने गरेको छ । तर दशैँमा दक्षिणाको रुपमा दिइएका नयाँ नोटहरु चाडपर्वसकिए लगत्तै बजारमा आउँदा पुराना र झुत्रा भैसकेका हुन्छन् । दक्षिणा स्वरुप पाएका नोटहरु बैंकमा जम्मा गर्न ल्याउँदा बैंकलाई व्यवस्थापन गर्न निकै गाह्रो हुने गरेको ज्योति विकास बैंकका सिइओ मनोज ज्ञवालीको भनाई छ । साथै दशैलाई भनेर नयाँ नोट निस्कासर्न गर्दा नेपाल राष्ट्र बैंकले ठूलो खर्च व्यहोर्नु पर्दछ । सिइओ ज्ञवाली दशैँ तिहारमा भन्दा पुराना र झुत्रा नोट विस्थापनका लागि मात्र गर्नु राम्रो हुने सुझाव दिन्छन् । दशैँ तिहार पारेर नयाँ नोट छाप्न  किन उचित छैन त भन्ने १० सुझाव दिएका छन् । उनी भन्छन् :

यो दशैंमा पुन नयाँ नोट बांड्न बन्द होला कि सोचेको पुन सुचना आयो। सुचनाको पुछारमा महत्वपुर्ण सुचना पनी छ तर पनी नयाँ नोट जारी गर्ने सुचना फेरी जारी गरियो। नयां नोट दशै तिहारमा भन्दा पुरानो र झुत्रो नोटहरु replacement गर्ने प्रयोजनको लागी मात्रै गर्न पाए हुने।

सबैले स्वीकार गर्ने र सोच्नु पर्ने दश बुंदाहरु:
1) एकदमै नया नोटहरु चाडपर्ब मै बांड्यो भने टिका, पानी, अक्षताहरु समेत लागेर छिटो झुत्रो र मैलो हुन्छ। दशैं पहिले नया नोट बाड्न र ब्यबस्थापनको समस्या दशै सकिदा साथ बैंकका शाखाहरुको भल्टमा समेत नअट्ने गरि जम्मा हुन आएका 5,10 फोहोर पारिएकाका नोटहरुको व्यबस्थापनको झमेला।

2) सानो दरका नोटहरु बिनीमयको साधन नभई बच्चाहरुले खेलौनाको रुपमा प्रयोग गरी महिना दिन मै झुत्रो पार्छन।

3) दक्षीणा दिएको नयाँ हजारको नोट न त एक हजार पचास रुपैयामा चल्छ न त दक्षीणा पाउनेले जीवनभर सम्हालेर राख्छ अनी नयां नोट नै दिनु पर्ने कुनै कारण देखिन्न। दशैंलाई बाड्ने लक्ष्यका साथ 40/50 करोड प्रति नयां नोटहरु छपाएर ल्याईन्छ जसको खर्च एकातिर हुन्छ भने व्यबस्थापनको झमेला अर्कोतिर।

4) दक्षीणा नया नोट दिने भनेर सटहि हुन्छ तर तास खेल्न, खर्च गर्न सबै काममा नया नोट नै प्रयोगमा आउछ। नया नोटहरु गाउ गाउ सम्म चलनचल्तीमा पुर्याईन्छ र दशै पछि सोहि रकमहरु नोटकोष मार्फत फेरी नेपाल राष्ट्र बैकमा ल्याउन पनी ठूलै खर्च हुने गरेको छ। आ.ब. 2074-75 मा 58 वटा नोटकोषमा 445 पटक तोडाचलान गरि रु.129 अरब पुर्याईएको देखिन्छ भने 75 पटक तोडा दाखिला मार्फत रु. 17 अरब जम्मा भएको देखिन्छ। यसमा गाडि मात्र होईन हेलीकोप्टर समेत प्रयोग हुन्छ। यो खर्च नै ठूलै हुन्छ।

5) दशै शुरु हुन 15 दिन पहिले देखि भल्टमा नअट्ने गरि नगद राख्नु पर्ने। ग्राहकले भनेको रकम दिनलाई बैकका कर्मचारीहरुलाई हम्मे हम्मे पर्ने। भने जति रकम राष्ट्र बैकले नदिने, कुनै ग्राहकलाई दिन सकिने त कसैलाई नसकिने हुन्छ जस्को कारण ग्राहक सम्बन्ध ब्यबस्थापन नै चुनौतिपुर्ण हुन जान्छ। बैकका कर्मचारी बेचारा मोबाईल को स्वीच अफ नै गरौ को स्थीतीमा पुग्छन।

6) बैकहरु अब mobile banking, QR code, internet banking, IPS connect मार्फत एउटा बैकको खाता बाट अर्को बैकको खातामा समेत रकम पठाउन सक्षम भैसकेको बेला यस्तो अबसरलाई digital money transfer लाई जनमानसमा अझै स्थापित गर्न सकिने गरी उपयोग गर्न सकिएको भए money in circulation घटाउन सहयोग पुग्थ्यो। हाल रु 5 खरब भन्दा बढि रकम बराबरका नोटहरु चलनचल्तीमा छन भने नेपाल राष्ट्र बैंकले नोट छापेर राखेको अनी निस्कासन गर्न बाँकि लगभग रु 1.44 अरबका नयां नोटहरु र रु. 23 करोड लागत बराबरका सिक्काहरु असार मसान्त 2075 मा नेपाल राष्ट्र बैकको स्टकमा थिए। नोट छपाईको खर्च प्रति नोट रु. 1 देखि रु. 3 सम्म पर्दछ। जति बढि security feature थपियो उति बढि नोट छपाई खर्च लाग्दछ। दशैं ताका नोटको स्टक बढाउने चलन छ र जसको 70% भन्दा बढि रु एक हजार दरका नोटहरु छन भने 20% भन्दा बढि रु पांच सय दरका नोटहरु छन। यो circulation मा भएको रकमहरुको सट्टा जती digital payment लाई प्रोत्साहित गर्न सक्यो त्यति नै निक्षेपको रुपमा system मा आउछ।

7) नोटहरु झुत्रो भयो भने नेपाल राष्ट्र बैंकले नयाँ नोटहरु छापेर प्रचलनमा ल्याउछ। यसमा धेरै ठूलो धनराशी खर्च हुन्छ र पैसा बिदेशीन्छ। अरु आयात घटाउनु पर्ने दबाब भईरहेको बेला यस्तो फिजुल खर्च नियन्त्रण गर्नु पर्ने देखिन्छ। बर्षेनी रु.94/95 करोड नोट छपाईको कारण बिदेशीन्छ।

8) सामान्यतया नोटहरुमा प्रयोग हुने कागजको स्तर र नोटलाई सुरक्षीत तरिकाले प्रयोग गर्ने अबश्था हेरी नोटहरु 3 देखि 5 बर्षमा झुत्रो हुन्छन अनी नस्ट गर्नु पर्छ तर दशैंमा निस्कासन गरिएका नोटहरु बर्ष दिन टिक्न हम्मे हम्मे पर्छ भन्ने अनुमान छ।
9)नोट निस्कासन गर्दा सुन, चांदि, बिदेशी मुद्रा तथा सरकारी सुरक्षणहरुको backup राखेर मात्र गर्न पाईन्छ भने नोटहरु राखेर पुजा गर्ने अनी बत्तीहरुबाट आगलागी भई नोटहरु नष्ट हुने समेत अबस्था बढि यहि दशैं तिहारमा धेरै हुन्छ। यसरी नस्ट भएका नोटहरु समेत चलनचल्ती कै नोटको रुपमा गणना हुन्छ।

10) नेपाल राष्ट्र बैंकले आफ्नै सफा नोट नितीलाई समेत असहयोग हुने गरि दशैंमा नयां नोट जारी गर्ने क्रम रोकिदिएको भए सर्वसाधारणले एक पटकलाई नकारात्मक comment गर्थे होलान तर सधैको लागी नोटको सुरक्षा र सफा नोट राख्ने निती पनी सहज हुन्थ्यो। बैंकरहरुलाई पनी तनाब कम हुन्थ्यो। नयां नोट छैन भनौं राष्ट्र बैंकले नागरिकहरुलाई सटहि गर्न सुचना जारी गरी सक्यो, नया नोट ग्राहकले मागे जती होईन पुग्ने गरी नी नेपाल राष्ट्र बैंकले दिदैन अनी शुरु हुन्छ बैंकरको ‘तनाब’।

समय तोकेर अनी दक्षीणा दिन खेलौना बनाउन होईन झुत्रो नोटहरु सटहि गर्न र बजारमा नोटको निस्कासन चाहिएको अबस्थामा मात्रै नयां नोट निस्कासन होस। सकेसम्म Digital Payment को प्रबिधी प्रयोग गरौ, आफ्नो देशको नोटहरु सफा अनी सुकिलो राखौं र नोट छाप्ने खर्च समेत बचाउं।

वि.सं.२०७६ असोज ४ शनिवार १०:१९ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...