back
CTIZAN AD

टोल-टोल सफागर्ने अष्ट जको उद्घोष, बालुवाटारमा सफाइ अभियान सुरु

वि.सं.२०७६ असोज ४ शनिवार

1K 

shares

४ असोज, काठमाण्डौं । अष्ट ज अभियान नेपालका अध्यक्ष लोककृष्ण भट्टराईले टोल सफाई अभियानमा बालुवाटारबाट सहभागितासँगै अव काठमाण्डौंको टोल–टोलमा अष्ट ज अभियानले सफाई कार्यक्रम अघि बढाउने उद्घोष गरेका छन् ।

काठमाण्डौंको बालुवाटार स्थित किर्तन चोकमा जम्मा भएका स्थानीयवासी र अष्ट ज अभियन्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले जल, जमिन, जगल, जडिबुटी, जलवायू, जनावर, जनशक्ति र जराजुरीको पहिचान देखि व्यवसायीक उत्पादन र न्यायोचित वितरणमा लागेको अष्ट ज अभियान अव फोहोर सफाइका लागि टोलवासीको सहयोगी र स्वयमसेवक बन्ने उद्घोष गरेका हुन् ।


किर्तनचोकबाट टुडाँलदेवी, किर्तनचोकबाट राष्ट्र बैंक चोक र किर्तनचोकबाट चाइनीज एम्बेसी सम्म सफाई गरिएको सो कार्यक्रममा इच्छुमति टोल उपभोक्ता समितिका टेक बहादुर भण्डारी, हिक्मत बहादुर चन्द, हजुरी चन्द, कमल स्वाँर, श्रवण काफ्ले, दीर्घ बहादुर चन्द, अंगद, राम प्रसाद न्यौपाने लगायतका स्थानीय वासीहरुको उपस्थिति रहेको थियो भने अष्ट ज अभियानका अध्यक्ष लोक कृष्ण भट्टराई, महासचिव निलकण्ठ तिवारी, सचिव चन्दा थापा, दिपक दाहाल, सहकारीका सचिव प्रकाश नेपाल, संचालक हिमाञ्चल भट्टराई, अभियन्ताहरु चन्द्र पौडेल, नविना खड्का, भुपराज भुसाल, फर्शुराम भुर्तेल र सावित्री भट्टराईलगायतका अभियन्ताको सक्रिय सहभागिता रहेको थियो ।

किर्तनचोकबाट ७ बजे सुरु गरी ९ बजे सम्म संचालित सो सफाई कार्यक्रममा स्थानीयवासीहरुलाई जागरण संप्रेषण गरिएको थियो ।

वि.सं.२०७६ असोज ४ शनिवार ११:०५ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...