back

संयुक्त राष्ट्रसङ्घ महासभा अध्यक्षद्वारा कास्ट्रोको निधनप्रति श्रद्धाञ्जलि व्यक्त

वि.सं.२०७३ मंसिर १२ आइतवार

387 

shares
GLOBAL IME AD
NTC AD

१२ मङ्सिर,युनाइटेड नेशन्स । संयुक्त राष्ट्रसङ्घ महासभा प्रमुख पिटर थमसनले क्यूवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधनको खबरले आपूm दुखी बनेको बताउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

शनिबार जारी विज्ञप्तिमा थमसनले भन्नुभएको छ, “म मृतकको परिवारजन, फिडेल कास्ट्रोका भाई तथा क्यूवाका राष्ट्रपति राहुल कास्ट्रो, क्यूवा सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”

विज्ञप्तिमा क्युवाका पूर्वराष्ट्रपति फिडेल कास्ट्रो बिसौँ शताव्दीका केही प्रतिष्ठित नेतामध्ये एक भएको बताउँदै कास्ट्रोले आफ्नो जीवनभर समानताका लागि गरेको समर्पणले उहाँ विकासोन्मूख मुलुकका लागि एक प्रेरणाका स्रोत हुनुहुन्थ्यो भनिएको छ ।

शिक्षा र स्वास्थ्यका क्षेत्रमा उहाँको त्याग अविस्मरणीय रहने थमसनले बताउनुभएको छ ।

आधा शताव्दीसम्म क्यूवाको नेतृत्व सम्हाल्नुभएको कास्ट्रोले सन् २००६ मा स्वास्थ्यका कारण देखाउँदै राष्ट्रपतिको जिम्मेवारी उहाँको भाइ राहुल कास्ट्रोलाई सुम्पिनुभएको थियो ।

कास्ट्रोको ९० वर्षको उमेरमा शुक्रबार निधन भएको थियो । रासस÷एपी

वि.सं.२०७३ मंसिर १२ आइतवार ११:०२ मा प्रकाशित

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

जेरुसेलम । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा...

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

नयाँ दिल्ली । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२०००...

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा...

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को...

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार...

इयू, बेलायत र नेटो नेतृत्वबीच प्रतिरक्षा वार्ता, ट्रम्प र पुटिनमाथि नजर

इयू, बेलायत र नेटो नेतृत्वबीच प्रतिरक्षा वार्ता, ट्रम्प र पुटिनमाथि नजर

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका सहयोगी मुलुकलाई धेरै...