back
CTIZAN AD

संयुक्त राष्ट्रसङ्घ महासभा अध्यक्षद्वारा कास्ट्रोको निधनप्रति श्रद्धाञ्जलि व्यक्त

वि.सं.२०७३ मंसिर १२ आइतवार

816 

shares

१२ मङ्सिर,युनाइटेड नेशन्स । संयुक्त राष्ट्रसङ्घ महासभा प्रमुख पिटर थमसनले क्यूवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधनको खबरले आपूm दुखी बनेको बताउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

शनिबार जारी विज्ञप्तिमा थमसनले भन्नुभएको छ, “म मृतकको परिवारजन, फिडेल कास्ट्रोका भाई तथा क्यूवाका राष्ट्रपति राहुल कास्ट्रो, क्यूवा सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”

विज्ञप्तिमा क्युवाका पूर्वराष्ट्रपति फिडेल कास्ट्रो बिसौँ शताव्दीका केही प्रतिष्ठित नेतामध्ये एक भएको बताउँदै कास्ट्रोले आफ्नो जीवनभर समानताका लागि गरेको समर्पणले उहाँ विकासोन्मूख मुलुकका लागि एक प्रेरणाका स्रोत हुनुहुन्थ्यो भनिएको छ ।

शिक्षा र स्वास्थ्यका क्षेत्रमा उहाँको त्याग अविस्मरणीय रहने थमसनले बताउनुभएको छ ।

आधा शताव्दीसम्म क्यूवाको नेतृत्व सम्हाल्नुभएको कास्ट्रोले सन् २००६ मा स्वास्थ्यका कारण देखाउँदै राष्ट्रपतिको जिम्मेवारी उहाँको भाइ राहुल कास्ट्रोलाई सुम्पिनुभएको थियो ।

कास्ट्रोको ९० वर्षको उमेरमा शुक्रबार निधन भएको थियो । रासस÷एपी

वि.सं.२०७३ मंसिर १२ आइतवार ११:०२ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...