back
CTIZAN AD

लायन्सद्वारा खानेपानी ट्याङ्की हस्तान्तरण

वि.सं.२०७६ असोज ७ मंगलवार

840 

shares

७ भदौ, पोखरा । पोखरा महानगरपालिका–१५ फलेपाटनस्थित सिद्ध माध्यमिक विद्यालयमा शुद्ध खानेपानीसहितको ट्याङ्की हस्तान्तरण गरिएको छ ।
लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा पिस टाउनको संयुक्त आयोजना एवं केस्टेभिन स्लेफोर्ड विद्यालय यूकेको आर्थिक सहयोगमा स्वीस प्रविधि अनुरूप दुई लाख १२ हजÞार रुपैयाँकोलागतमा ट्याङ्की निर्माण गरिएको हो ।
ट्याङ्की हस्तान्तरण कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गर्भनर ध्रुवबहादुर थापाले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने उदÞ्घोषका साथ लायन्स क्लबले सामाजिक र मानवीय क्षेत्रमा महत्वपूर्ण सहयोग पु¥याएको बताए । उनले खानेपानी आयोजना ल्याउन योगदान गर्ने लायन्स नेता सोनाम स्याङपालाई धन्यवाद व्यक्त गरे ।
पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष प्रकाश पौडेलले सरकारी एवं सामुदायिक विद्यालयले सोचे किसिमको प्रतिफल दिन नसकेको बताउँदै पूर्वाधारसँगै शैक्षिक गुणस्तरीयतालाई ध्यान दिनुपर्नेमा जोड दिए ।
वडा नं. ३ का वडाध्यक्ष एवं लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष रविन्सन प्रजुले सामाजिक र मानवीय सेवामा लायन्स अग्र स्थानमा रहेको बताए । लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष एवं परियोजनाका निर्देशक सोनाम साङपोले लायन्स क्लब अफ पोखरा अन्नपूर्णको सहकार्यमा निर्मित्त सिद्धमाविको खानेपानी ट्याङ्की २२ औँं रहेको जानकारी दिँदै आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारी, प्रधानाध्यापक गुरुदत्त कोइराला, लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष गीता थापा, अन्नपूर्णका अध्यक्ष प्रदीप राजभण्डारी, पिस टाउनका निवर्तमान अध्यक्ष डा विनिता शर्मा लगायतले आ–आफ्ना धारणा राखे थियो । (रासस)

वि.सं.२०७६ असोज ७ मंगलवार १५:४१ मा प्रकाशित

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र...

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

बेनी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ८,०५१...

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा...