धर्ति आकाश नभएर, एउटै हुन पाए हुन्थ्यो ।
मनका पिडा आँसुले नै सँगै धुन पाए हुन्थ्यो ।
दुई किनारा हेरा हेरमैं प्यास कहिल्ले मेटिएन
उर्लिएको छाल हुँदै किनार छुन पाए हुन्थ्यो ।
गगनको शशीलाई सबले हेर्दा डाहा लाग्छ
तलाउको पानी भित्र अर्को जून पाए हुन्थ्यो ।
मृत्यु सम्म पुगी मैले बाँच्ने कोशिस गर्दाखेरि
यो धड्कन चलाउन, तिम्रो खुन पाए हुन्थ्यो ।
पुष्प बनि सधै–सधै, तिमी हाँस्नु त्यो बागमा
तिम्रो साटो पनि मैले एक्लै रुन पाए हुन्थ्यो ।
वि.सं.२०७६ असोज ११ शनिवार १०:४२ मा प्रकाशित



























