खुशी एउटा भएपनि
थानका थान हृदय हाँसिरहने
ए,समाचार वाचक चरी
सुशील शितल हावा
उतरका हिमाल
खै कता बाट आयो सन्देश ?
चसक्क मन घोचेपनि
शंका आशङ्का आएपनि
दुःखद केही पीडा भएपनि
खुशीले छाती धकधकाउने
प्रगतिपथका योजनाले
मनलाई आनन्दित बनाउने
अनि,
थानका थान खुशी आइरहने
हृदयलाई पवन सङै हराएर
विशाल छातिमा लुकाउन मन पर्ने
एउटा पबित्र स्टेजमा
फूलमाला अबिरले,
त्यो पवनलाई मितेरी लगाउने
आहा !
कती राम्रो सुन्दर सन्देश त्यो
हो त, हावाले सुनायो
हावा नै चुमीदिए
चरिले गायो
ओठमै खुलिदिए
मनले भन्यो
मनै भरी गुँराश फूलाएर हाँसीरहे
कता,कता !
मुटुबाट धड्कन छुट्टीन्छु भन्दा
आराम गर,परदेश गएर आउछु
भन्दा
मन त मनै हो
चसक्क नहुने कुरै भएन
तर,
नाङ्गा डाडाभरी सुनाखरी फूलोस भन्ने
लालिगुराँश सजियोस भन्ने
सदाबहार स्नेह पग्लियोस् भन्ने
विशाल मनको खेत
यो हृदयले,
धड्कन पखेर
मुटुलाई रोकेर
सफलतामा उन्माद मच्चाउन
परदेशको सन्देशलाई स्विकार्दै
मनले मनलाई स्पर्श गरेको
यो सत्य कथा
के मेरो होइन र !
हो,
यो मेरो आफ्नै कथा हो
ब्यथा हो
बाध्यता हो
अनि प्रयास पनि हो
सफलताको
शत्रुमाथि विजयोल्लासको
त्यसैले,
यो सत्यकथा तिम्रो पनि हो
जसरी दुइटा मुटुले
एउटा धड्कन दिएको भन्थे डाक्टरले
जे भएपनि
जहाँ रहेपनि
मैले दिने धड्कन, उसको
तिम्रै मुटुको भन्थे भगवानले ।
वि.सं.२०७६ असोज ११ शनिवार १०:४४ मा प्रकाशित



























