जात भात केहि होइन व्यक्ति असल हुनुपर्छ
एक अर्कालाई सम्मान गरि जीवन जिउनु पर्छ ।
कोहि छैन अजम्बरी सबै मर्ने चोला न हो
मरेपछि कोहि डाँडा कोहि नदि खोला न हो
नेपाली हो नेपाली भई विश्व सामु चिन्नु पर्छ
रिस राग त्यागी हामी हात मिलाई मिल्नु पर्छ ।
कोहि छैन ठुलो यहाँ कोहि छैन सानो
सबै मिलि बनाउ हामी एउटै घरको छानो
बाहुन क्षेत्री आदिवासी एउटै बाटो हिड्नु पर्छ
दलित मधेसी छैनौ फरक नेपाली भै जिउनु पर्छ ।
जात भात केहि होइन व्यक्ति असल हुनुपर्छ
एक अर्कालाई सम्मान गरि जीवन जिउनु पर्छ ।
मोक्तानको आँखाभरि तिम्रो तस्विर (गीति संग्रह) बाट लिइएको
वि.सं.२०७६ असोज ११ शनिवार १०:४६ मा प्रकाशित



























