१.
लालीगुँरास
हिमालको मुस्कान
मोहक दृश्य ।
२.
फूलको वस्ती
धरती हो गमला
मान्छे हो माली ।
३.
धरती गर्भ
बिसालतम चिहान
छुप्छ निशानी ।
४.
उ ! तत्वज्ञानी
ब्रमाण्डिय रहस्य
च्यात्न तल्लीन ।
५.
मधुर गीत
हृदयको झङ्कार
मेरो आनन्द ।
६.
शान्त बिहानी
तलाउको किनार
प्रेयसी साथ ।
७.
हीराको हार
हिउँको हो चमक
मोहित मन ।
वि.सं.२०७६ असोज ११ शनिवार १०:४८ मा प्रकाशित



























