के भनु साथी मेरो त सधै नै बेहाल छ
सुन्छु उन्को जिन्दगी पो त बबाल ।।
सुख चैन जिन्दगी को सबै त लगिन
आँसु पुछ्ने निर्मोही को जाली रुमाल छ ।।
कस्तो अन्धकार मा पो ल्याएर फालिन्
निस्कन खोज्छु तर माकुरा को जाल छ ।।
माया मा पनि यहाँ पैसा कै छ चल खेल
जता उतै देख्छु मात्र झेल झाल छ ।।
मानिस को मन पेट बुझ्न किन यति गार्हो
सब को आ–आफ्नै यहाँ अदृश्य चाल छ ।।
वि.सं.२०७६ असोज ११ शनिवार १०:४९ मा प्रकाशित



























