back
CTIZAN AD

सुनौलो पहाड पढेपछि

वि.सं.२०७६ असोज ११ शनिवार

990 

shares

बिष्णु भण्डारी जनसाहित्यमा कहलिएका लेखक हुन् । भुँइ मान्छेका जीवन भोगाइलाई टपक्कै टिपेर साहित्य रचना कर्ममा लागेका भण्डारीले पछिल्लो पटक सुनको पहाड नामक उपन्यास आम पाठकलाई दिएका छन् ।

प्रत्येक नयाँ लेखनिमा अघिल्लो भन्दा पृथक अन्दाज पस्कने क्षमता लेखक भण्डारीमा छ । यहि क्षमतालेनै भण्डारी आम पाठकका प्रिय लेखक कहलिएका हुन् ।

लेखक भण्डारीको सुनको पहाड प्रकासन गरेको फिनीक्स बुक्सले दशैको बिदालाई आम पाठकले पढेर सदुपयोग गरुन् भन्ने उन्मुक्त चाहानाले दशैको पुवार्धमा पुस्तक प्रकाशन गरेको छ । लेखकको नव प्रकासीत उपन्यास सुनको पहाड अघिल्लो उपन्यास पहेँलो घाम भन्दा पृथक छ । लेखकले सुनको पहाडमा माओवादी ससस्त्र युद्धका घटनाक्रमलाई नया फ्लेवर दिन सफल भएका छन् ।

ससस्त्र संघर्ष र त्यसलाई मिथकिय स्वरुप दिएर गरीएको न्यारेसनले पाठकको मन च्वास्स छुन्छ । पाठकको दिमाग भित्र पसेर आँधिबेहरी उठाउन र दिल भित्र पसेर आनन्दको परीस्थीति श्रृजना गर्न पुस्तक सफल छ ।

बिम्ब र अलङकार साहित्यका श्रदेय स्वरुप हुन् । यिनि स्वरुपलाई लेखकले भरपुर उपयोग गरेका छन । उपन्यासलाई काव्यात्मक र गेयात्मक बनाउन लेखकले प्रयोग गरेका बिम्ब र अलङकारले भरपुर मद्दत गरेका छन् ।

ससस्त्र द्धन्द्व र यसका आयामहरुमा लेखकले पुराना मान्यता र आर्दशहरुलाइ तिलान्जली दिने प्रयत्न गरेका छन । लोककथालाई कल्पनाको ताज पहिराएर शसस्त्र द्धन्द र यसका आयामहरुलाई छताछुल्ल पार्न लेखक सफल भएका छन् । लेखकको यो प्रयोग बहसको विषयमात्रै होइन स्वागत योग्य कदम पनि हो ।

लेखकको आर्को स्वागतयोग्य काम माक्र्सवादी साहित्यमा भुत प्रेत र स्वर्गको बिम्बात्मक प्रयोग पनि हो । लेखकले बिम्बमार्फत अलौकिक स्वर्ग र हावादारी भुतका कथालाई श्रम र मानविय मनोदशासँग जोडेका छन । सास्त्रीय माक्र्सवादीहरुले लेखकको यस प्रयोगलाइ निको नमान्न सक्छन् ।
प्रस्तुति, कथा वाचन र सव्द चयन उत्कृष्ट छ । थोरै भएपनि लुम्बिनी अन्चलको आन्चलीकता उपन्यासमा भेटिन्छ । हिजोको शसस्त्र द्धन्द्वमा सामेल भएका र भोगेका लागि त यो उपन्यास संग्रहणीय रचना हो । त्यसबाहेक त्यो द्धन्दको बारेमा जान्न र बुझ्न खोज्नेका लागि पनि सुनको पहाड पढ्नै पर्ने बनेको छ ।
सुरुवातमा लेखकले पुष्तकलाई उत्कृष्ट बनाउन खुवै मिहिनेत गरेका छन् । तर यो मिहिनेत समापनतिर पुग्दा कमजोर बनेको छ । सुरुवात जसरी अन्त्यसम्म लेखकले मिहिनेत गरेको भए पुस्तक सुनको पहाड होइन हिराकै पहाड बन्ने थियो । मध्यान्तर पनि असाध्यै स्वादिलो छ । तर समापनमा लेखक राम्रै गरी चिप्लीएका छन् । समापनमा उत्कृष्ट प्लटहरु छँदा छँदै लेखकले सवभन्दा नराम्रो प्लट छानेका छन । यसका बाबजुद् पनि प्रस्तुत उपन्यास बजारमा आएका समकालिन उपन्यास भन्दा उत्कृष्ट छ ।

वि.सं.२०७६ असोज ११ शनिवार १५:१७ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...