बुझीयो जिन्दगी झरीको छाता रहेछ
भवाना यो मनको मिथ्या नाता रहेछ
जसलाई सर्वश्व सुम्पीए जिन्दगी मा,
समय पहिले च्यात्तिएको गाता रहेछ ।।
(२)
अधकल्चो यो जिन्दगीलाई भो पल्काउन पर्दैन
रित्तिनु जति रित्तियो आँसु अब छ्ल्काउन पर्दैन
काडाँ बीचमा नै फूल्छन् सुन्दर फूलहरू निर्वाद,
कसैले फूलको छातीमा आगो सल्काउन पर्दैन ।।
(३)
थाहै नदिइ नजरका खोला तरेर गुनगुनाउदै छौ
यी आँखाका आसुँले प्याला भरेर गुनगुनाउदै छौ
नछुट्टिने कसम खान्थ्यौ साथ दिन्छु सधै भन्थ्यौ,
शुभकामना छ अन्त बसाइँ सरेर गुनगुनाउदै छौ ।।
(४)
घटना दुर्धटना संगालेर जीउने बानी पर्यो
हाँसो खुसी पीर ब्यथा नै सिउने बानी पर्यो
ती नसालु नजर लजालु मुस्कान नशा झै,
तिम्रो अधरको मुस्कान पिउने बानी पर्यो ।।
(५)
कविता कम धेरै मुक्तक पस्किन्छु अचेल
लजालु नयनको इसारामा मस्किन्छु अचेल
खुल्दुली मच्चिन्छ मनमा खै के हुन्छ कुन्नि,
सपना विपना तिम्रै यादले झस्किन्छु अचेल ।।
वि.सं.२०७६ असोज १८ शनिवार ०९:३७ मा प्रकाशित






























