back
CTIZAN AD

रुपन्देहीको सैनामैनामा पहिलोपटक फूलखेती

वि.सं.२०७६ कात्तिक ३ आइतवार

1K 

shares

३ कात्तिक, खस्यौली । रुपन्देहीको सैनामैना नगरपालिकामा अतिथिलाई लगाउने खाँदा विस्थापित गर्न फूलखेती शुरु गरिएको छ । खासगरी नगरपालिकाको विभिन्न वडामा रहेका आमा समूहले आयआर्जनका लागि फूलखेती शुरु गरेपछि नयाँ अनुभव हासिल भएको बताएका छन् ।

“हामीले माला उत्पादन गरेर खाँदा विस्थापित मात्रै गर्न सक्यौँ भने पनि ठूलो उपलब्धि हुन्छ”, पैरवी आमा समूह सैनामैनाकी अध्यक्ष सीता जिसीले भनिन । उनले फूलखेतीका लागि मिहेनत धेरै गर्नुपर्ने अनुभव गरिएको जानकारी दिँदै फूलखेतीबाट धेरै उत्साहित भएको बताइन ।

सयपत्री फूलको खेती सैनामैना वडा नं ४ स्थित सिसौँडाँडामा गरिएको छ । सो आमा समूहले ११ कठ्ठा जग्गा भाडामा लिए पनि पाँच कठ्ठा जग्गामा मात्रै फूलखेती गरेकोे छ ।

उक्त आमा समूहले नगरपालिकाले प्रदान गरेको रु ५० हजार अनुदानसमेत लिएको छ । रु एक लाख ८० हजार फूलखेतीमा लगानी गरेको आमा समूहले सोचेजस्तो बिरुवा नभएको कारण आम्दानी कम हुने अनुमान भएको बताएको छ ।

आमा समूहकी कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले रु १०० देखि रु १५० सम्ममा माला बनाएर बेच्ने गरेको उल्लेख गर्दै स्थानीय बजारमै फूलखेती खपत हुने बताइन । उनले तीन वर्षका लागि रु ३० हजार वार्षिकरूपमा भाडा तिरेको जानकारी दिँदै ५० प्रतिशत फूलको बिरुवा रोग लागेर खेर गएको बताइन । कोषाध्यक्ष श्रेष्ठले अन्नपूर्ण एग्रोभेट, बुटवलबाट ल्याएको फूलको बीउ गुणस्तरीय नभएको उल्लेख गर्दै फूलखेतीको प्राविधिक विश्लेषण नभएको गुनासो गरे । त्यस्तै सैनामैना नगरपालिका–७ आमीको पुष्पाञ्जली आमा समूहले गरेको फूलखेती अधिकांश खेर गएको छ ।

“आधाभन्दा बढी फूलको बिरुवा गोडेर फालेका छौँ”, पुष्पाजञ्ली आमा समूहका उपाध्यक्ष निरु रानाले भनिन । उनले रु दुई हजार वार्षिकरूपमा तिरेर जग्गा भाडामा लिएर फूलखेती गरेको जानकारी दिँदै ठिमाहा बीउ र पतेरोको ठूलो समस्या देखिएको बताइन ।

“धेरैले फूलखेती नगरेकाले फूलखेतीमा फाइदा हुन्छ भनेर यो खेती गरेका हाँै”, उपाध्यक्ष रानाले भनिन । कृषि विकास शाखा सैनामैना नगरपालिकाका कृषि अधिकृत सिर्जना सुवेदीले कृषकले नै कम गुणस्तरको बीउ ल्याएकाले समस्या देखिएको उल्लेख गर्दै पूजा, विवाह, व्रतबन्धमा फूलको प्रयोग बढाएर बजार व्यवस्थापनमा सहयोग गरेको बताइन ।

उनले नगरपालिकाकोतर्फबाट फूल लगाउने विधि, रोगको समस्या देखिँदा प्रयोग गर्ने ‘मल्टी भिटामिन’ को प्रयोग गर्न सुझाएको जानकारी दिँदै फूलखेतीबाट मालाको प्रयोग गरेर खाँदा विस्थापित गर्न सके उपलब्धि हुन्छ भनिन । सैनामैना नगरपालिकाको वडा नं ४ र ७ बाहेक ६, ८, १० र ११ मा पनि रु ५० हजार अनुदान दिएर फूलखेती गरिएको छ । नेपालीको चाड भाइटीकामा फूलको प्रयोग बढी हुने भएकाले पनि कृषकको उत्साह बढेको छ ।

वि.सं.२०७६ कात्तिक ३ आइतवार ०८:४८ मा प्रकाशित

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...