back
CTIZAN AD

पाँचवर्षदेखि अध्यागमनका महत्वपूर्ण डाटा निजी कम्पनीको कब्जामा

वि.सं.२०७६ कात्तिक ३ आइतवार

696 

shares

३ कात्तिक, काठमाण्डौं । अध्यागमन सम्बन्धी संवेदनशील तथ्यांकहरु पाँचवर्षदेखि एक निजी कम्पनीको कब्जामा रहेको छ । सन् २०१४ देखि अध्यागमनका सबै यात्रुको विवरण फोकसवान नामक आइटी कम्पनीले नियन्त्रणमा राखेको आइतबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

सो डाटा दुरुपयोगसमेत भएको अध्यागमनका कर्मचारीको आशंका रहेको छ ।

सो कम्पनीले २०१४ मा अध्यागमनको सफ्टवेयर बनाउने जिम्मेवारी पाएको थियो । तत्कालिन महानिर्देशक शरदचन्द्र पौडेलेको कार्यकालमा सो सफ्टवेयर निर्माणका लागि कोटेशनका आधारमा सम्झौता गरिएको थियो ।

उक्त डाटा फिर्ता गर्नका लागि गृहसचिव प्रेम कुमार राईले चेतावनी दिएका छन् ।

दीपक काफ्ले विभागको महानिर्देशक हुँदा फोकसवान कम्पनीबाट इमी सफ्टवेयरको नियन्त्रणमा रहेको डाटा ल्याउने निर्णय गरेका थिए ।

तर, कम्पनीले नमानेपछि विभाग पछि हटेको थियो । यसपटक पनि कम्पनीले अस्वीकार गरेपछि सञ्चालकलाई बोलाएर गृहसचिव प्रेम कुमार राईले मुद्दा चलाउने चेतावनी दिएपछि हच्किएका हुन् । अहिले कम्पनी सोर्सकोड दिन तयार भएको छ ।

वि.सं.२०७६ कात्तिक ३ आइतवार ०८:४० मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...