back
CTIZAN AD

पूर्वी अलेप्पोबाट सोह्र हजार सर्वासाधारण भागे

वि.सं.२०७३ मंसिर १५ बुधवार

873 

shares

१५ मङ्सिर,जेनेभा । पूर्वी अलेप्पोको युद्धग्रस्त क्षेत्रबाट १६ हजारभन्दा बढी सर्वसाधारण भागेका छन् । उत्तरी अलेप्पो र छिमेकमा परेका इलाकामा विद्रोहीहरूले आफ्नो नियन्त्रण गुमाएको मङ्गलबार संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ ।

विद्रोहीको कब्जामा रहेको पूर्वी अलेप्पो र छिमेकमा पर्ने इलाकामा केही दिन यता सरकारी बलद्वारा जारी आक्रमणहरूमा तिब्रता सुरु भएपछि हजारौँ सर्वसाधारण सहरको अन्य भागमा बलपूर्वक विस्थापित भएका संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता प्रमुख स्टेफेन ओ ब्रिएनद्वारा जारी विज्ञप्तिमा बताउनुभएको छ ।

आउँदा दिनमा पनि जारी रहने यस अवस्थामा सर्वसाधारण नागरिकले त्यहाँबाट भाग्नु बाहेक अरू कुनै उपाय नभएको स्टेफेनले चेतावनीसमेत दिनुभएको छ ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

यस गृहयुद्धमा इस्लामिक स्टेट र अल कायदाजस्ता आतङ्ककारी समूहहरू पनि हाबी हुँदै गए । यस युद्धमा परी सन् २०११ देखि हालसम्म ३ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको र दशौँ लाख व्यक्ति घाइते भएका छन् ।

त्यसैगरी देशभित्र र छिमेकी देशहरूमा लाखौँ व्यक्तिले शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर १५ बुधवार ०४:३५ मा प्रकाशित

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...