back

पूर्वी अलेप्पोबाट सोह्र हजार सर्वासाधारण भागे

वि.सं.२०७३ मंसिर १५ बुधवार

222 

shares
NTC AD
Global IME AD

१५ मङ्सिर,जेनेभा । पूर्वी अलेप्पोको युद्धग्रस्त क्षेत्रबाट १६ हजारभन्दा बढी सर्वसाधारण भागेका छन् । उत्तरी अलेप्पो र छिमेकमा परेका इलाकामा विद्रोहीहरूले आफ्नो नियन्त्रण गुमाएको मङ्गलबार संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ ।

विद्रोहीको कब्जामा रहेको पूर्वी अलेप्पो र छिमेकमा पर्ने इलाकामा केही दिन यता सरकारी बलद्वारा जारी आक्रमणहरूमा तिब्रता सुरु भएपछि हजारौँ सर्वसाधारण सहरको अन्य भागमा बलपूर्वक विस्थापित भएका संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता प्रमुख स्टेफेन ओ ब्रिएनद्वारा जारी विज्ञप्तिमा बताउनुभएको छ ।

आउँदा दिनमा पनि जारी रहने यस अवस्थामा सर्वसाधारण नागरिकले त्यहाँबाट भाग्नु बाहेक अरू कुनै उपाय नभएको स्टेफेनले चेतावनीसमेत दिनुभएको छ ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

यस गृहयुद्धमा इस्लामिक स्टेट र अल कायदाजस्ता आतङ्ककारी समूहहरू पनि हाबी हुँदै गए । यस युद्धमा परी सन् २०११ देखि हालसम्म ३ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको र दशौँ लाख व्यक्ति घाइते भएका छन् ।

त्यसैगरी देशभित्र र छिमेकी देशहरूमा लाखौँ व्यक्तिले शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर १५ बुधवार ०४:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

दी हेग (नेदरल्यान्ड) । नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले...

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई)...

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

रमबन (भारत) । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...