कालो चिल्लो सडक
सडकको किनारैकिनार
एउटा दूर्वल तर निर्दोष कुकुर
त्रसित भावमा
भोक शान्त पार्न
आहाराको खोजीमा
अगाडि बढिरहेछ
त्यही सडकको बीचोबीच
एउटा अजङ्गको साँढे
मस्त भइ
अरुको आहारा खोसेर खाँदै
फूँ..फूँ.. गर्दै
ठूलो दहाडले
कामचोर र दूर्वल
प्राणीलाई धम्क्याउँदै
पाहुर मारिरहेछ
अकस्मात
एउटा ट्रक हुइँकिँदै आइ पुग्छ र
सडकको किनारबाट
ज्यान बचाउन भागिरहेको
निर्दोष कुकुरलाई
आफ्नो बर्बर पाङ्ग्रामुनी किचेर
मस्त साँढेलाई “हरन“
दिँदादिँदै पनि नजिक पुग्नासाथ
स्वयम् पन्छिएर
बिस्तारै अगाडि बढ्छ …
वि.सं.२०७६ कात्तिक ९ शनिवार ०९:५१ मा प्रकाशित






























