back
CTIZAN AD

कविता : मेरा बा आमा

वि.सं.२०७६ कात्तिक ९ शनिवार

8.7K 

shares

बाको बिज र आमाको कोख
मेरो जन्म कुण्डली यही हो
बाको संरक्षण र आमाको शिक्षा
मेरो जीवनकला यही हो ।

बाले सुख गरे कि दुःख
आमाले खाइन् कि खुवाइन्
न बाले कहिले हिसाव गरे
न आमाले कहिले खाता पल्टाइन्
सन्तानको सुख
बाको उद्देश्य रह्यो
सन्तानको कल्याण
आमाको धोको रह्यो
बाका के के सपना थिए
आमाका कुन कुन इच्छा थिए
बा आमाले आफ्ना सुख काटेर
हामीलाई सुख थिए
हामीलाई खान दिए, मार्ग दिए
मेरा बा महान, मेरी आमा महान ।

मेरो सफलता मेरो बाको देन
मेरो प्रगति मेरी आमाको त्याग
मेरो शरीरभरि आमा छिन्
बढेका पाइला पाइलामा बा छन्
तिनको त्याग बलिदानको प्रतिमूर्ति
म हुँ र म छु
मेरा बा भगवान, मेरी आमा देवी ।

किन म खुशी हुँदा
आमा हाँस्छिन्
किन म दुःखी हुँदा बा छटपटिन्छन्
मलाई के चाहियो बाको चासो छ
म भोको छु कि खाको
आमाको चिन्ता छ
म राम्रो बाटोमा लागूँ
बा यसै भन्नुहुन्छ
बिग्रेलिस्, आमा सतर्क गराउँछिन्
म बाको सपना, आमाको खुसी
बा आमाको मायाँ
मायाँको छायाँ म
मेरा बा आमा आदरणीय छन्
बा आमाको मायाँ पाइरहुँ, पाइरहुँ ।

वि.सं.२०७६ कात्तिक ९ शनिवार ०९:५० मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...