back
CTIZAN AD

कविता : दुर दृष्टि र चेतना

वि.सं.२०७६ कात्तिक ९ शनिवार

1.3K 

shares

गौरवले फूलको थुङ्गाझै
अनुहारभरि खुसी फुलाउदै
खित्खिते हाँसोमा
एक अर्कोलाई धाप मार्दै
एकजोर सारी चोलीले
कुर्ता सुरुवालसंग
लामै बहस गरे

बहस आसनमा
उस्तै प्रकृतिका
तर्क बिहिन श्रोता अधिक थिए

हाट बजारमा आफ्नो सामनको विज्ञापन गरेझैं
सारी चोलीहरु,
प्रतिस्पर्धामा बोल्दै थिए

ऊ त ठूलो पदमा पुग्यो
ऊ पहुँचवाला भयो
शक्तिशाली त ऊ पो छ त

घरिघरि सारी चोली
खुसीले उजेलिन्थे
हर्षले बेलगाम हुन्थे
त्यहाँ नाना थरिका सपना उब्जिए
मनमनमा गर्वको मौलो गाडियो

अनेकौं दृष्य संवाद हुँदाहुँदै
त्यहाँ यसरी आकास वाणी भयो

‘म एक समय बोल्दै छु !
तपाईंहरु सायद
परिवर्तन खोजिरहनु भएको छ हो ! ?’

सुन्नुस् सारी चोली
तपाईंको त्यो पदलाई
त्यो पहुँचलाई
त्यो शक्तिलाई

कस्तो चेतना श्रेणीको फरिया चोलीको नाता लगाइदिंदै हुनुहुन्छ ?
याद गर्नुस् ! परिवर्तनको केन्द्र त्यहीँ नीर हुन्छ
कोट पाइन्ट खुब बद्लिन्छ
सुट टाइमा निकै परिवर्तन आउँछ

त्यो सुट बुटले
फरिया चोलिकै दृष्टिबाट
परिवार , समाज चिन्न बुझ्न थाल्छ
त्यसैले,
सुट बुट र फरिया चोलीको साइनो जोड्दा
चेतनाको स्तर समान खोज्नु
जब,
फरक बस्त्र धारीका पनि दृष्टि समान हुन्छन्
तब ,
स्पष्ट देखिन्छ
दुबै दृष्टिले समान देखेपछि
जीवनको बाटो हिड्न सजिलो हुन्छ
यसरी समयको आकासवाणी हुँदाहुँदै
त्यहीं फेरि अर्को आवाज आयो

ओहो मान्यजन !
यहाँ भ्रम फैलिदैछ

फरक बस्त्रधारीका चेतना र दृष्टि समान कसरी हुन्छन् ?

भन्नुस् मान्यजन भन्नुस् !
‘म पनि एक समय हुँ’

सुट टाइको चेतना त
दुरदृष्टिको पो हुन्छ
हरेक पर्दा छिचोल्दै
कोट पाइन्टको त्यो दृष्टिले
फरक बस्त्रधारीको
प्रत्यक अङ्ग अङ्ग मात्र देख्छ !

त्यो अदृश्य संवाद सुनेर सारी चोली चकित भए

सुट टाइको
कोट पाइन्टको
चेतना र दुरदृष्टिको चर्चा चल्यो

ओहो ! चेतना !!!!??

वि.सं.२०७६ कात्तिक ९ शनिवार ०९:४८ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...