back
CTIZAN AD

कविता : सम्झना

वि.सं.२०७६ कात्तिक ९ शनिवार

6.1K 

shares

सम्झनाको चुहुँदो झरीमा
रुझिरहन्छु
र अलिकति घाम
मै तिर हेरेर
कूट हाँसो हाँसिरहन्छ

मुंगफलीभन्दा सस्तो मेरो शरीर
सधैं झरीले मात्र भिज्छ,
मायाले भिज्दैन
देउराली चुरुट्को अन्तिम सर्को झैं तिख्खर
उसको सम्झना
तातो बालुवा झैं पोल्ने भएर आउँछ–खाडीबाट
र मेरो छातीमा छुत्ती खेल्दै
भकभकी उम्लन्छ

यो सावगास, थातवास
सुनकेवंराको सुगन्ध
र भरेभोलि भएकी स्वास्नी छाडेर
ऊ गएको वर्षौं वित्यो

दिउँसो–
पालिको छाया डिलमा पुग्छ
र उसको सम्झना मात्र आउँछ र
राति–
यी अनिंदा आँखाहरुबाट तीनतारे अस्ताउँछ
र उसकै सम्झना मात्रै आउँछ

तपेसभरि भोक बसालेर र
यो भर्भराउँदो उमेरको लाज र रडाको धानेर
यो नादान समय पर्खी बस्दा
मीलको धूवाँले डढाएको उसको अनुहार
अब सम्झनाहरूमा मात्र आउँछ

अचेल किन किन
उसकै मृत्युको समाचार लिएर आएको
रुवाको फाहा झैं अनिश्चित
उडिरहन्छ–सम्झना

वि.सं.२०७६ कात्तिक ९ शनिवार ०९:५३ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...