back
CTIZAN AD

कविता : रक्षार्थ तिम्रो बालीको

वि.सं.२०७६ कात्तिक ९ शनिवार

1.1K 

shares

तिमीले नै बनाएर राखेका हौ मलाई
रक्षार्थ तिम्रो बालीको थोत्रा लुगा खाँद्योै

बनायौ मेरो टाउको
भर्खरै किनेर ल्याएको ब्रान्डेड पहिरनमा
सजायौ आफ्नो शरीर
लगाइदियौ ठाउँ ठाउँमा च्यातेको
दागैदाग लागेर
तिम्रो इज्जत जोगाउन नसकेको
सेतो सर्ट मेरो शरीरमा
के के शृङ्गारमा सजाइदियौ
र उभ्याइदियौ ठिङ्ग एउटा आलिको छेउमा
प्राण विहीन मेरो देहलाई

प्राण भरिएको तिमी हिड्छौ हिडिरहन्छौ
दिनदिन भर बेफिक्रि
चर्को घाममा जोगाउँछौ छातामा आफूलाई
दर्के पानीमा ओतिन्छौ वर्षादी लगाएर
जाडोमा न्यानो दिन्छौ आफ्नो शरीरभर बख्खु भिरेर
भोक लागेमा भर पेट खान्छौ बेफिक्रि
थाकेमा बिसाइदिन्छौ शीतल चौतारामाथी शरीर
उभिँदा उभिँदा गोडा गलेमा
बसिदिन्छौ थ्याच्च र सुस्ताउँछौ लामो सुस्केरा

तिम्रो बालीको सुरक्षा कवज म
जोगाइदिन्छु अन्न पन्छीहरूबाट
दिनरात मान्छे हुनुको भ्रम पालेर
झुक्याइराख्छु अबोध पन्छीहरूलाई

घाम र पानी, जाडो र गर्मी, भोक र तिर्खा
केही केही नभनी
उभिदिन्छु दिनदिन भर
उभिदिन्छु रातरात भर
डिउटीफुल भएर

तिमी मानव प्राण भएर पनि
प्राणविहीन मजस्तै भएको देख्दा
लाग्छ तिम्रो प्राण भरेर आफूमा
उभ्याइदिउँ आलीको छेउमा तिमीलाई
र निकालूँ एउटा विद्रोही आवाज आफूबाट ।।

वि.सं.२०७६ कात्तिक ९ शनिवार ०९:५५ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...