back
CTIZAN AD

कविता : म मान्छे हूँ

वि.सं.२०७६ कात्तिक ९ शनिवार

1.7K 

shares

ट्याप्प टाँसिएर बसेको
त्यो आकाशको विशाल छातीबाट
एक साँझ
सुटुक्कै झर्नु है तिमी
ऐ जून
म उभिएको धरातलमा ।
मलाई, एउटा सिङ्गै रात
तिमीसित बिताउनु छ ।
मेरो मनभित्रको
हजारौं कौतुहलहरु मेटाउनु छ ।

खुल्ला आकाशमा मग्न घुम्ने अधिकार
कसले दिएको तिमीलाई
सोध्नु छ ।
चम्किलो ताराहरुमाझ एक्लै डुल्छौ तिमी,
शंकाको घेरामा किन पर्दैन तिम्रो संस्कार
अब खोज्नु छ ।
अन्धकारसित लहसिदैं काटेको रातहरुको हिसाब
तिमीसित माग्नु छ ।
आकाशसंगको तिम्रो अबैध सम्बन्धको इतिहास
मलाई सुन्नु छ ।
मलाई तिम्रो हरेक खोट गन्नु छ
घामसँगको तिम्रो तालमेल बारे जान्नु छ ।

आफ्नो छेउमा तिमीलाई राख्नु छ
तिम्रो रुपको शीतलता मलाई चाख्नु छ ।
अहौ !!
सबैलाई मख्खै पार्ने तिम्रो मुस्कान !
तिम्रो मुस्कानको चम्किलो आवरण
कोट्याइ कोट्याइ हटाउनु छ
र तिमीभित्रको त्यो कुरुप धब्बा
सारा दुनियाँलाई देखाउनु छ
नाप्नु छ मलाई तिम्रो दागहरुको आयतन
खोताल्नु छ त्यसको गहिराई
र तिमीलाई बेस्सरी दुखाउनु छ ।
त्यसैले तिमी सुटुक्कै आउनु है
एक साँझ,
मलाई , एउटा सिङ्गै रात
तिमीसित बिताउनु छ
निलाम गर्नु छ मलाई तिम्रो सुन्दर अस्तित्व ।
मान्छे हूँ म
मलाई मेरो गुण देखाउनु छ
मलाई मानव धर्म निभाउनु छ ।।

वि.सं.२०७६ कात्तिक ९ शनिवार ०९:५७ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...