back
CTIZAN AD

मुक्तकहरु

वि.सं.२०७६ कात्तिक ९ शनिवार

5.1K 

shares

१.
तिमी नआए नि कमसेकम याद पठाउनु
सम्झनाका कोशेली हरदम याद पठाउनु
मलाई बाँच्ने त्यही आधार बन्ने छ प्रिय
सबथोक भुलाउने अनुपम याद पठाउनु ।
२.

सुस्तरी आयौ आँखामा चिहायौ
मनभित्र छोएर भरोसा दिलायौ
कसरी जानू म कपटी तिम्रो चाल
अमृतको छिटा दिई जहर पिलायौ ।
३.

दुनियामा मान्छेहरू स्वार्थमा निहित छन्
फगत एकले अर्कालाई चुसेर जीवित छन् सिमित स्रोत र साधनले के पुग्छ र यहाँ
मान्छेका इच्छा आकांक्षाहरू असिमित छन् ।

४.
यो सहर किनकिन मुर्कुट्टाको सहर लाग्छ अचेल
भिड्भाडको भन्दा एकान्तको भर लाग्छ अचेल
प्रत्येक अनुहारमा दुर्योधन र दुशासन देखिन थालेपछि
मान्छे भनेर के गर्ने मान्छेसँग नै डर लाग्छ अचेल ।
५.

लौरो बिर्सन्छन् कोही खोलो तरेपछि
मर्म बुझ्छन् चोट आफैलाई परेपछि
बाँचुन्जेल खुट्टा तानिरहन्छन् सकुन्जेल
गुनगान निकै हुन्छ सोही मान्छे मरेपछि ।
६.
जब आयो सुगन्ध यादको लिएर बतास
पल्टिए पानाहरू बिगतका अनायास
घाउ थियो खाटा बसिसकेको हृदयमा
बल्झाइरहन्छ यसरी बारम्बार एकनास ।

वि.सं.२०७६ कात्तिक ९ शनिवार ०९:५८ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...