हो,यस्तो त यहाँनेर दिनहुँ नै गर्नुपर्छ ।
एकपल बाच्न नि सयौचोटी मर्नुपर्छ ।।
मेरा हितैषीहरुले यस्तै पाठ सिकाए,
यी दुबै खुट्टा बाँधी खोलाहरु तर्नुपर्छ ।।
रमाएरै बाच्ने हो जिन्दगी रहुन्जेल त,
फूल पनि त एकदिन भुइँमा झर्नुपर्छ ।।
विडम्बना जिन्दगी खै कस्तो कस्तो,
तुलसी उखेलेर गाजा भाङ छर्नुपर्छ ।।
’रेहित’ को जिन्दगी जिन्दगीनै भएन,
अझै मनमा दुईचार झमेला पर्नुपर्छ ।।
वि.सं.२०७६ कात्तिक १६ शनिवार ११:४५ मा प्रकाशित






























