back
CTIZAN AD

लिपिड प्रोफाइल (कोलेस्टेरोलको जाँच) बारे यसो भन्छन् डा. ओममुर्ति अनिल

वि.सं.२०७६ कात्तिक १८ सोमवार

1.2K 

shares

वरिष्ट मुटुरोग विशेषज्ञ डा. ओम मुर्ति अनिलले रगतको जाँचका क्रममा गरिने लिपिड प्रोफाइल (कोलेस्टेरोलको बारेमो जानकारी दिएका छन् ।

डा. अनिलका अनुसार कोलेस्टेरोल रगतमा पाइने एक प्रकारको बोसो हो । रगतमा बोसोको मात्रा सामान्य भन्दा बढि भएमा सो बोसो रगतको नलिको भित्तामा बसेर नलिलाई साघुरो बनाउछ, जसले रक्तप्रवाहमा कमी हुनसक्छ ।

उच्च कालेस्टेरोलले मुटुको रक्तनली (कोरोनरी आर्टरी) साँघुरो भएर बन्द हुने अवस्थामा पुग्न सक्छ । यस्तो अवस्थालाई हर्टअट्याक भनिन्छ । युवाहरुमा देखिने हर्टअट्याकको प्रमुख कारण हाइ कालेस्टेरोल हो ।

रगतमा कालेस्टेरोलको मात्रा बढी हुने प्रमुख २ कारणहरु हुन्छन् । पहिलो धेरै चिल्लो खाना र दोस्रो वंशाणुगत कारण हुन्छ । रगतमा कालेस्टेरोलको मात्रा बढी भएको कुनै लक्ष्यण देखिदैन । हाइ कालेस्टेरोलको लक्ष्यणको रुपमा एकैपटक हर्टअट्याक वा ब्रेन स्ट्रोक देखिन सक्छ ।

त्यसैले २० वर्ष भन्दा माथीका सबै मानिसले कम्तिमा पनि वर्षमा १–२ पटक रगत परीक्षण गरी कालेस्टेरोलको मात्रा थाहा पाउनुपर्छ । खानपान, मोटोपना र शारीरिक गतिविधिमा कमीका कारण कोलेस्टेरोलको मात्रा बढ्दै जान्छ ।

उच्च रक्तचाप, मधुमेह, मुटु रोग र मोटा मानिसलाई कोलेस्टेरोल हुने सम्भावना बढी हुन्छ । कोलेस्टेरोल बढी भएमा सुगर, रक्तचाप, थाइराइड र मुटुको जाँच गराउनु पर्छ ।

कालेस्टेरोल जाँच-रगतमा कालेस्टेरोलको मात्रा थाहा पाउन गरीने जाँचलाई लिपिड प्रोफाइल भनिन्छ । कालेस्टेरोलको मात्रा थाहापाउन कम्तिमा ९ देखि १२ घण्टाको खालिपेटमा रगतको लिपिड प्रोफाइल परीक्षण गराउनुपर्छ । लिपिड प्रोफाइलमा रगतमा ५ वटा कोलेस्टेरोलको जाँच गरिन्छ ।

१, टोटल कोलेस्टेरोल- यसले रगतमा राम्रो र नराम्रो दुबै कोलेस्टेरोलको पुरै मात्रा देखाउछ । यो परीक्षणबाट एलडिएल, एचडिएल वा ट्राइग्लीसराइड मध्ये कुन बढी छ भन्ने थाहा हुदैन । तसर्थ टोटल कोलेस्टेरोलको जाँचमात्र गरेर ढुक्क हुनुहुदैन ।

२, एलडिएल कोलेस्टेरोल – एलडिएल कोलेस्टेरोललाई नराम्रो कोलेस्टेरोल भनिन्छ । यो बढ्नु सबैभन्दा बढी खतरा मानिन्छ । एलडिएल कोलेस्टेरोलको मात्रा बढेमा यो रक्तनलीको भित्ता बसेर नलीलाई साघुरो बनाउछ ।

सामान्य मानिसमा एलडिएल कोलेस्टेरोल १००–१३० भन्दा कम हुनुपर्छ र १३०–१६० भन्दा बढी भएमा औषधि सेवन गर्नुपर्ने हुन्छ । तर मधुमेहका बिरामी, हर्टअट्याक भइसकेका र मुटुको रक्तनलिमा समस्या भएका बिरामीमा एलडिएल कोलेस्टेरोलको मात्रा १०० भन्दा कम हुनुपर्छ ।

एलडिएल कोलेस्टेरोलको मात्रा जति कम भयो हर्टअट्याकको सम्भावना त्यति नै कम हुन्छ ।

३, एचडिएल कोलेस्टेरोल – एचडिएल कोलेस्टेरोललाई राम्रो कोलेस्टेरोल भनिन्छ । यसले रक्तनलीलाई साघुरो हुनबाट जोगाउछ । यो कोलेस्टेरोल मुटुका लागि राम्रो मानिन्छ ।

एचडिएल कोलेस्टेरोलको मात्रा जती बढी भयो त्यति नै राम्रो मानिन्छ । यसको मात्रा पुरुषमा ४० भन्दा बढी र महिलामा ४५ मिलिग्राम भन्दा बढी हुनुपर्छ ।

४, भिएलडिएल कोलेस्टेरोल – यो कोलेस्टेरोलको त्यति महत्व हुदैन तर यसको मात्रा पनि सामान्य हुनु राम्रो मानिन्छ ।

५, ट्राइग्लीसराइड – ट्राइग्लीसराइड पनि मुटु रोगसंग सम्बन्धीत हुन्छ । तर यसलाई एलडिएल भन्दा कम महत्व दिइन्छ । ट्राइग्लीसराइड बढी भएकामा पनि मुटु रोग बढी भएको पाइन्छ । ट्राइग्लीसराइड मदिरा र चिल्लो पदार्थका खानाका कारणले बढ्छ ।

ट्राइग्लीसराइड ५०० मिलिग्राम भन्दा बढी भएमा पैन्क्रियाजमा खराबी भएर पैन्क्रियाटाइटिस भन्ने रोग लाग्नसक्छ । मधुमेहि र मुटु रोगीमा ट्राइग्लीसराइड १५० देखी २०० मिलिग्राम भन्दा कम हुनुपर्छ ।

हाइ कोलेस्टेरोल नियन्त्रण गर्ने ६ उपाय

१. चिल्लो खाना कम खाने

२. फलफुल र सागसब्जि बढी खाने

३. नियमित शारीरिक व्यायाम गर्ने

४. तौल घटाउने

५. चुरोट र मदिरा छाड्ने

६. डाक्टरको सल्लाहअनुसार औषधि सेवन गर्ने

डा. ओममुर्तिअनिल डटकमबाट लिइएको स्वास्थ्य सम्बन्धी जानकारी 

 

वि.सं.२०७६ कात्तिक १८ सोमवार १०:१२ मा प्रकाशित

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...