युगाण्डाली राष्ट्रपति YOWERI KAGUTA MUSEVENI र प्रथम महिला JANET .K MUSEVENI ले युगाण्डामा कार्यरत नेपालीहरुलाई पनि निम्तो पठाएर दिपावलीमा भव्य कार्यक्रमको आयोजना गरिन् ।
एनआरआएनए युगाण्डाका अध्यक्ष विनोद थापा,आइसीसी सदस्य राजमणि भण्डारी, पूर्वआइसिसि सदस्य, तथा इन्डियन समुदायमा चर्चित व्यक्तित्व जीवनाथ पंगेनी र उनकी श्रीमती रन्जता रेग्मी र एनआरएनए युगाण्डाका सचिव तथा रेष्टुरेण्ट व्यवसायी धनराज गिरीलाई दीपावली कार्यक्रममा उपस्थित हुन निमन्त्रणा पठाइएको बताइएको छ ।
यसअघि इन्डियन समुदायलाई बोलाएर भव्य स्वागत गर्ने प्रचलन रहेकोमा यसपटकको दीपावालीमा नेपाली समुदायलाई पनि आमन्त्रण गरिएको पंगेनीले बताए ।

वि.सं.२०७६ कात्तिक २४ आइतवार १६:०९ मा प्रकाशित






























