back
CTIZAN AD

प्रेमको दियो बलेपछि

वि.सं.२०७६ कात्तिक २५ सोमवार

771 

shares

केसब नेपाल

कहिल्यै नदेँखेको मान्छे
कहिल्यै नचिनको मान्छे
कहिल्यै नभेटेको मान्छे
कहिल्यै नाम नसुनेको मान्छे
कहि कतै नाता नपरेको मान्छे
एक दिन
बरपिपलको चौतारीमा
सितल ताप्न बस्दा बस्दै
बरपिपल कै चौतारी मै
एउटा नौजवान मान्छे
सितल ताप्न आउदा आउदै
पहिलो हाम्रो नजर मै
दुबैका ऑखा जुधि हाले
हृदयको कुनेटोमा तस्वीर वनि अडि रहे
मुटुभित्र ज्योतिबनि बलिरहे
हाम्रो पहिलो नज़र मै
प्रेमको बास बसि हाल्यो
दुइ मुटुभित्र प्रेमको दियो बलेपछि
हृदयको ढोका प्रेमले खोलेपछि
हृदयको ज्योति प्रेमले जलेपछि
दुइ मुटुभित्र प्रेमको कोपिला लागेपछि
नझिकेर झिक्न मिल्ने
न थुतेर फाल्न मिल्ने
न धोयर फाल्न मिल्ने
न बिर्सिएर बिर्सन सक्ने
न पखालेर पखाल्न सक्ने
त्यो प्रेम वर्गिय थियो
त्यसैले त
प्रेम गाढा र गहिरो बन्दै गयो
बर्गीय प्रेम उच्च र महान हुने नै भयो
दुइ मुटुभित्र ढकमक प्रेम फुलेपछि
प्रेमको ज्योति झलमल्ल बलेपछि
प्रेम युगयुगसम्म बाचिरहन्छ।

वि.सं.२०७६ कात्तिक २५ सोमवार ०६:०३ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...