back
CTIZAN AD

तीन लाखमा मिर्गौला !

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

768 

shares

२६ कात्तिक । काभ्रेका आइते मगर(परिवर्तित नाम) केही महिनायता सँधैजसो मदिराको नशामा भेटिन्थे । खल्तीमा अतिकति पैसा भयो कि कामै छाडेर भट्टी पसिहाल्थे । कहिले गलैंचा कारखाना त कहिले गाडीमा खलासी बस्थे ।

गलैचा कारखानमै चिनेका राजुले असार पहिलो साता उनलाई रत्नपार्कमा बोलाएर । ‘मलाई चिनेको एउटा मानिसलाई मिर्गौला चािहएको छ,’ राजुले मगर(अदालतमा पेस भएको मिसिलमा उनको सांकेतिक नाम बबरमहल २ भनिएको छ), लाई प्रस्ताव गरे, ‘धेरै मानिसको एउटा मात्र मिर्गौला हुने रेछ । तिम्रो जाँच गरौँ । दुइटा भए एउटा दिँदा फरक पर्दैन । तिमीले तीन लाख रुपैयाँ पाउँछौँ ।’

राजुले शंकरलाल लामाका लागि मिगौला खोजिदिएका हुन् । बाबुका लागि मिगौला खोज्न लामाका छोरा शिशिरसागर दौडधुप गरिरहेका थिए । राजुले त्यहि दिन मगरलाई शिशिरसँग भेटाइदिए । शिशिरले पनि उसैगरी फकाए, ‘मेरो बुबालाई मिर्गौला भए पनि केही फरक पर्दैन । धेरै मानिसले मिर्गौला झिकेका छन् ।’ जिल्ला अदालत ललितपुरमा पेस भएको आरोपपत्रअनुसार उनले मगरलाई ‘मिर्गौला प्रत्यारोपणपछि नगर्दै ३ लाख रुपैयाँ दिउँला’ मनी आश्वासन दिएका थिए । त्यसपछिका ३/४ वटा भेटमा शिशिरले मगरलाई हरेकपल्ट ४/५ हजार रुपैयाँ दिएर आश्वस्त पारे ।
समाचार स्रोत : कान्तिपुर दैनिक

वि.सं.२०७६ कात्तिक २६ मंगलवार ०८:३० मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...