back
CTIZAN AD

ओझेलमा पर्दै मादल बनाउने पुख्र्यौली पेशा

वि.सं.२०७६ कात्तिक २७ बुधवार

1.9K 

shares

२७ कार्तिक, दाङ । दाङ तुलसीपर उपमहानगरपालिका-७ नयाँबस्तीकी पवित्रा वादीले विगतमा एक महिनामा ५० भन्दा बढी मादल बिक्री गर्थीन् । पछिल्लो समय उनलाई सिजनमा पनि १५\१६ वटा बेच्न धौधौ छ ।

“मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो”, उनले भने, “तर पछिल्लो समय हामीले बनाएका मादल नै बिक्न छाडेका छन, यसले गर्दा हामी निराश भएका छौँ ।”

चाडपर्वको समयमा केही बिक्ने भए पनि अन्य समयमा झनै सुनसान हुने गरेको उनको भनाइ छ । “चाडपर्वको समयमा अलि-अलि बिक्छन्”, उनले भनिन् “तर अन्य समयमा भने बिक्न पनि छाडेका छन् ।”

सोही ठाउँका ठेलराज वादीले पनि पुस्तौँदेखि मादल बनाउँदै आएका छन् । तर, पछिल्लो समय वर्षेनी मादलको माग घट्दै गएको उनले बताए । “मैले पुर्खादेखि मादल बनाउँदै आएको छु”, उनले भने, “तर पछिल्लो समय मादलको माग घट्दै गएको छ ।” उनले अहिले पनि वर्षेनी रु पाँच\सात लाख मादल बनाएरै कमाउने गरेका छन् ।

आफ्नो मुख्य पेशा नै यही भएकाले यसरी चाडपर्वको समयमा पनि मादलको माग घट्दै जानुले आफूहरुको पेशा धरापमा पर्ने गरेको उनले बताए । “हाम्रो रोजीरोटी यही हो, यसरी मादल नै बिक्न छाडेपछि हाम्रो पेशा नै लोप हुनलागेको छ”, उनले भने, “यसले हामीलाई चिन्तित बनाएको छ ।”

मादलको व्यापार घट्नुको प्रमुख कारण यसको प्रयोग नै घटेको उनीहरूको भनाइ छ । मेला, बजार र देउसीभैलोमा मादल बजाउने क्रम घटेको छ । गाउँघरमा पनि प्रायः अत्याधुनिक स्पिकर र साउन्ड सिस्टमको प्रयोग गरेर रमाइलो गर्न थालिएको छ । मेहनतअनुसारको मूल्य पाउन छोडेपछि मादल बनाउने वादीहरूको संख्या पनि घटेको छ ।

मादल बनाउनका लागि लाम्पाते, पटमेरो, सिरिस, उत्तिसजस्ता रुखको काठ प्रयोग गर्छन् । गोरु र बाख्राको छाला प्रयोग हुन्छ । काठ खोप्ने आधुनिक औजार तथा मेसिन अभावमा उनीहरूले परम्परागत रूपमै छिनो र बसिलाको प्रयोग गर्छन् । एउटा मादल बनाउनकै लागि ४ दिनदेखि एक सातासम्म लाग्ने गर्छ ।

अहिले मादल खोल्ने मेसिन नहुँदा पनि समस्या भएको ठेलराज वादीको भनाइ छ । “मादल खोल्ने मेसिन छैन, पश्चिम दाङबाट खोलेर ल्याउँछौँ, त्यही पनि राम्रो हुँदैन”, उनले भने, “सरकारले मादल खोल्ने मेसिन ल्याइदियो भने हामीलाई सहज हुने थियो ।”

पछिल्लो समय मादल व्यवसाय घट्दै जानुले यस क्षेत्रका वादी समुदायको रोजीरोटी नै गुम्ने तथा पहिचान पनि हराउने चिन्ता भएको भन्दै मादलको बजारीकरण तथा व्यवस्थापन गर्न उपमहानगरपालिकाले पहल थाल्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।उनले वादी समुदायको सहजताका लागि मेसिन पनि खरीद गर्ने प्रतिबद्धता जनाए ।

यदि आधुनिक औजार र मेसिनहरूको प्रयोग गरी उद्योगका रूपमा सञ्चालन गर्न सके यो पेसालाई व्यावसायिक बनाई रोजगारी सिर्जना गर्न सकिने वादी समुदायका अगुवाहरुले बताए । त्यसका लागि हाम्रो पुरानो संस्कृति र परम्परासँग जोडिएको मादलका संगीतलाई जोगाइरहन आवश्यक देखिन्छ, उनीहरुको भनाइ छ ।रासस

वि.सं.२०७६ कात्तिक २७ बुधवार १२:४२ मा प्रकाशित

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको...

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...