आँखा जुध्यो चार भयो, बात भयो सुस्त सुस्त ।
अनि फेरि दिलमा सिधा, घात भयो सुस्त सुस्त ।
खुट्टा त्यसै लर्बराए, लठ्ठीएछु बेहोसीमा ;
शराब भन्दा अझै कडा,मात भयो सुस्त सुस्त ।
बेहोशी मै पाईलाहरु, बढिरहे तिमी तिरै;
तिम्रो हातमा अनि मेरो, हात भयो सुस्त सुस्त ।
मनभित्रै बढ्दो रै’छ, पालुवा यो पिरतीको ;
मुना थियो फूल अनि, पात भयो सुस्त सुस्त ।
भोक तिर्खा पनि गयो, तिमीसंगै पछि पछि ;
अनिदो र बेचैनीको,रात भयो सुस्त सुस्त ।
२०७५/०७/२०
मङ्गलबारे, इलाम ।
वि.सं.२०७६ कात्तिक ३० शनिवार ०८:३६ मा प्रकाशित






























