back
CTIZAN AD

कविता : खेतबारी बेचेर महल

वि.सं.२०७६ मंसिर १४ शनिवार

1.1K 

shares

प्याजको यती मूल्य
करेलाको यती मूल्य
मासुको यती मूल्य
आलुको यती मूल्य
सागको यती मूल्य
दालको यती मूल्य
भनेर भन्नेहरू
के यी सबै एकै चोटी
एकै दिन बनाएर
खाने गरिन्छ र ?
आमाले बारीमा रोपेको साग
पकाएर भात खाएको
आमाले घैटोमा बनाएको
गुन्द्रुक भुलुक्क उमालेर खाएको
आमाले रोपेको आलु खनेर
लसुन ओखलेर खाएको
आमाले गोठमा पालेको
गाइ र भैसी
आमाले खोरमा पालेको
कुखुरा र खसी
यती चाडै बिर्सेउ र
कि भोज जस्तै अनेक थरी
पकाएर छाकै पिच्छे खान्छौ
नेपालीको गच्छे त जे पकाए नि
एकै थरी मात्र हो
प्याज कै मात्र
खोर्सानी कै मात्र
तरकारी त कोही खादैनन्
किलो र धार्नी आलु पनि
एकै पल्ट पकाई दैन
आमाले पकाएको र
सानामा खाएको बिर्सेउ कि
होइन भने महँगी भयो भनेर
किन ट्याउ–ट्याउ गर्छौ
अन्न र तरकारी उमार्ने
खेतवारी बेचेर किन
ठुला–ठुला घर बनाउछौ
भएको जमिन बेच्छौ
भएको जमिन भाडामा दिन्छौ
भएको जमिन खÞाली राख्छौ
अनि महँगो भयो भनेर
ट्याउ–ट्याउ गर्छौ
घरको भाडा घटाए
मोटरको भाडा घटाए
बाँजो जमिन जोत्न रोप्न लागे
आफ्नो जमिन र भाडा
महँगो बनाउन छाडे
आफुले बेच्ने सामान सस्तोमा
बेच्न थाले
सबै कुरा सस्तो नै होलान्
आफुले बेच्नेको मूल्य धेरै
अनुपात थोरै राख्ने
आफूले किन्ने सामानको
मूल्य थोरै
अनुपात धेरै खोज्ने
यो मानसिकता अमिल्दो हो की
यसै कारण महँगी बढेको हो की
काम गर्न लाज मान्ने
एक थरी खादा गरिब ठान्ने
ए बुज्रुकहरू हो
एक पटक धुर्मुस जस्तो
काम गरेर हेर
एक थरी तरकारी सँग
भात खाएर त हेर
मूल्य के हो थाहा हुन्छ
जीवन के हो थाहा हुन्छ
टन्न अनेक खाएर
गन–गन नगर
बिकासमा लाग
विवाद र अवरोध
गरेर नबस
सबैलाइ चाहिने के–के हो
सबै मिलेर लिन दिन खोज
राज्य र नागरिक मिलेर
देश र जनतालाइ चाहिने
उत्पादन र निर्माण गर्न तिर लाग
माग र अबरोध मात्र गरेर
राजनीति र जीवन चलाउने
काम र माम छोड

वि.सं.२०७६ मंसिर १४ शनिवार १०:२१ मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...