back
CTIZAN AD

छन्द कविता : राष्ट्र भक्ती बनौं

वि.सं.२०७६ मंसिर १४ शनिवार

15.5K 

shares

के भयो दाषता भित्रनै फैलियो
राजको छाँटकाँटे झनै मौलियो
देशको पीर छैन अझै भन्दछे
भेषको पीर छैन अझै भन्दछे ।१।

के भयो के भयो आज नारीहरु ?
आपसी मित्रता मासियो के गरुँ
ब्यस्तता देख्दछु लोभको मोहमा
रिक्तता देख्द्छु देशको भक्तिमा ।२।

आज आमाहरु छन् रुँदै गाँउमा
आज पाखाहरु बन्द भै गाँउमा
हेर भाइहरु व्यस्त छन् पेचमा
सोध बाबाहरु क्रुद्ध छन लेकमा ।३।

शासकी जो छ हेर अझै चुप्प छन्
लाखको रोदन धेरनै स्तब्ध छन्
सुन्नका जाँगरीला कतै को छ र
मस्त छन् माथि का सुन्न को के कर ।४।

खान्छ आँफु सँगै छैन बाँंडी दिने
हेर्छ को दर्दमा छैन साथी दिने
चोरले दाउ भेटाउन सक्दछ
देशले पुत्र गुमाउन सक्दछ ।५।

आपसी मेलमा कर्मले आउ हे
देशको पक्षमा हात बढाउ ए
आज नै साथमा द्रोह त्यागी बढौँ
आजको भावना राष्ट्रको नै बनौँ ।६।

स्रग्विणी छन्द

वि.सं.२०७६ मंसिर १४ शनिवार १०:२३ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...