back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७६ मंसिर १४ शनिवार

7.6K 

shares

१ .
जिस्किदै तिम्रा कोमल अंग, छुदा मजा लाग्छ
किन हो मलाई तिम्रै साथमा, हुँदा मजा लाग्छ
खुलेर यो मनमा लुकेको, सारा पिडाहरु सुनाई,
तिम्रो न्यानो अंगालोमा परी, रुदा मजा लाग्छ ।

२ .
तिमीलाई दुनियाँ रुवाउने, कला सिक्नु छ
तर मलाई संसार हसाउने, कला सिक्नु छ
नधोएर गयो न रोएर गयो, यो दिलको घाउ,
मलाई त्यहि याद धुलाउने, कला सिक्नु छ ।

३.
हामीले जस्तो गर्यौ कर्म, उस्तै फल मिल्छ हजुर
प्रतिक्षा गर्न सिक्नुस, खुशिको पल मिल्छ हजुर
सजग रहनु आबश्यक छ, चिप्ला कुरा गर्नेसँग,
पराईको के कुरा, यारहरुबाट छल मिल्छ हजुर ।

४.
महिला अधिकार पोको पारी राख्छन झोलामा
सोझासाझा महिलालाई मारी फाल्छन खोलामा
बालबालिका र नारीको कस्ले सुरक्षा गर्ने अब,
अझै के–के देख्नुपर्छ बाचुन्जेल को यो चोलामा ।

५.
ओठ टोकि मुस्काउँदै, हेर्यौ यार बार्दलि बाटै
उर्लदो बैशको धोको, फेर्यौ यार बार्दलि बाटै
कसम गोलि लाग्यो दिलमै, कस्तो जादु गर्यौ,
मलाई नजरकै, घेरामा घेर्यौ यार बार्दलि बाटै ।

वि.सं.२०७६ मंसिर १४ शनिवार १०:२४ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...