back
CTIZAN AD

गुल्मी जिल्ला समाज युकेद्धारा आयोजित च्यारिटी कार्यक्रम सम्पन्न

वि.सं.२०७६ मंसिर १७ मंगलवार

924 

shares

१७ मंसिर, युके । विश्व अपांगता दिवसको अवसर पारेर गुल्मी जिल्ला समाज युकेले एक च्यारिटी कार्यक्रमको आयोजना गरेको छ ।
साउथ इष्ट लण्डनको वुल्वीचस्थित लोटस क्लवमा डिसेम्बर १ मा आयोजना गरिएको उक्त च्यारिटी कार्यक्रममा विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि समाजले बिबिध साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा समाजको निमन्त्रणामा बेलायत पुगेका गायक प्रकाश खप्तरी मगर र गायिका खिमा रोका मगरको विशेष सांगितीक प्रस्तुति रहेको थियो ।

प्रवेश शुल्क २५ पाउण्ड राखिएको उक्त कार्यक्रममा सांगितीक प्रस्तुतिसँगै प्रथम नौमती बाजा गुल्मी युके र स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहेको थियो । नौमती बजाको तालमा गायक तथा गायिका मगरद्धयले कार्यक्रमको अन्तिमसम्म उपस्थित सबैलाई नचाएका थिए ।

समाजका कार्यबाहक अध्यक्ष रामलाल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुखअतिथि बेलायतस्थित नेपाली राजदूतावासका राजदूत डा. दुर्गा बहादुर सुबेदीले आफ्नो सोचाई सकारात्मक र रचनात्मक बनाउँदै सबैजना समाजको भलाईको लागि अग्रसर हुनुपर्ने बताएका थिए । उनले यस्तो गरेमा शारिरीक रुपमा जस्ले जस्तो क्षमता राखे पनि कोही अपांग हुनु नपर्ने बताउँदै देशमा रहेका हरेक खालका आँध्यारा पाटाहरु हटाउन बिदेशमा रहेका नेपालीहरुले आ–आफ्नै ठाउँबाट योगदान दिनुपर्ने कुरामा जोड दिएका थिए ।

राजदूत सुवेदीले यस्ता परोपकारी कामहरु गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष ओम थापा जस्ता सामाजिक अभियन्ताहरुले एक दशक अघी नै शुरु गरिसकेको भन्दै प्रसंसा समेत गरेका थिए । ‘गुल्मी जिल्ला समाजले समाज सेवाको दिशामा आफुलाई अगाडी बढाउने बाटोमा जुन नेतृत्व गरिरहेको छ अरु जिल्ला समाजहरुले पनि त्यस्को सिको गर्नुपर्छ ’ डा. सुबेदीले भने ।

सुवेदीले गुल्मी जिल्ला समाजले अपाङ्गगताको क्षेत्रमा मात्र नभएर शिक्षा, स्वास्थ्य, दैवीप्रकोप लगायतका थुप्रै सामाजिक क्षेत्रमा खेलेको महत्वूर्ण भूमिकाको राजदूत सुवेदीले खुलेर प्रसंसा गरेका थिए ।

त्यसैगरी समाजका संस्थापक अध्यक्ष तथा प्रथम नौमती बाजा गुल्मी युके समुहका संयोजक ओम प्रसाद थापाले कार्यक्रमकोउद्धेश्य बारे बताउँदै समाजले आसा अपांग केन्द्र गुल्मीमार्फत् देशका विभिन्न ठाउँमा रहेका अपाङ्गता भएकाहरुको लागि आर्थिक तथा भौतिक सहयोग गर्दै आएको बताए । थापाले यस्ता अपाङ्गता भएकाहरुको रेखदेखका लागि सुविधाजनक केन्द्रहरु देशभरी नै खुल्नुपर्ने बताउँदै भने, ‘बेलायत लगायत अन्य ठाउँहरुमा अपांगता भएकाहरुको लागि जुन सुविधा छ, त्यस्तो सुविधा नेपालका अपाङ्गहरुले पनि पाउनुपर्ने व्यवस्था राज्य तथा सम्बन्धीत निकायले गर्नुपर्दछ ।’

थापाले यस्ता कार्यमा सरकारको आफ्नै भूमिका भएपनि नागरिक समाजले पनि आ–आफ्नो ठाउँबाट सहयोगको हात अघि बढाउनुपर्ने बताउँदै भने, ‘भोली हामी जो कोही पनि अपांग हुन सक्छौ त्यसैले अपांगता प्रती छिःछि र दुरदुर गर्ने काम आजै बन्द गरौं ।’

समाजका महासचिब वीर बलाल र सचिब मन्जु भण्डारीको संयुक्त सन्चालन तथा समाजका उपाध्यक्ष तारानाथ भण्डारीको स्वागत मन्तव्य  रहेको उक्त  कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती बेलायतका उपाध्यक्ष प्रेम गाहा मगर, नेपाली सेनाका पूर्वमहासेनानी कृष्ण जिसी, नेपाली दुतावास बेलायतका द्वितिय सचिब लव सुबेदी, बाग्लुङ समाज युकेकी अध्यक्ष छबिमाया पुन, समाजका पुर्वध्यक्षद्वय अर्जुन गौतम र राम गलामी, नेपाली चलचित्र निर्देशक सन्तोष लोहनी, कान्तिपुर दैनिकका बेलायत प्रतिनिधी नबिन पोख्रेल, गल्कोट समाज युकेका उपाध्यक्ष भोजराज कंडेल, बुद्द फाउण्देशन युकेका अध्यक्ष दिपक श्रेष्ठ र शान्ती नेपाली समाजका सहसचिब पूर्णलाल सापकोटाको उपस्थिती रहेको थियो ।

त्यस्तै मगर संघ युके, साउथएजका दल थापा, लण्डन नेपाल न्युजका शिव भण्डारी र जेनी भट्टराई, क्याट युकेकी प्रतिनिधी जीवन सेन, चार्ल्टन नेपाली समाज युकेका अध्यक्ष कृष्ण खरेल, एनआरएनए आईसिसि सदस्य दयानिधी सापकोटा, नटिङघम नेपाली समाजका अध्यक्ष गोबिन्द खराल, साझा नेपाली समाजका महेश अधिकारी, एनआरएन युकेका सचिब जित रानाभाट, पशुपती मन्दिरका पण्डित निलहरी घिमिरे, ग्रिनविच भलिवल परिवारका रबिन्द्र रोका मगर लगायतका संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

वि.सं.२०७६ मंसिर १७ मंगलवार १८:१८ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...