back
CTIZAN AD

ठट्टा नगर् भारत

वि.सं.२०७६ मंसिर २० शुक्रवार

816 

shares

बस्छन् रक्षक पञ्चशील जसका सिद्धान्त सर्वोपर
शान्तिक्षेत्र पवित्र बुद्ध धरती नेपाल मेरो घर
चौतर्फी छलछामका रङहरू देख्दा झसङ्गै म त
कुल्ची दिव्य अदम्य वीरधरती ठट्टा नगर् भारत

                           ।१।

गोर्खापल्टनले सधैं अघि सरी तेरो गर्‍यो रक्षण
सम्झिन्छस् कि त बिर्सिइस् विगतका पू्र्खाहरूको रण
झन् बन्धुत्व र विश्वको नजरले हेर्दा झसङ्गै म त
छायाँको इतिहास ख्याल नगरी ठट्टा नगर् भारत

                           ।२।

गर्दैछस् छल आज साँधतिरका मेटेर रेखीहरू
सोच्दैनस् किन रुष्ट छन् नजिकका सारा छिमेकीहरू
मिल्लान् देश समस्त रुष्ट जति छन् सोच्दा झसङ्गै म त
साँधेको खुकुरी उहीँ मुटु उही ठट्टा नगर् भारत

                            ।३।

सार्दा सार्क सभाहरू छिनछिनै देखिन्छ तेरो भय
जस्तो आज छ राष्ट्रसंघ बलियो उस्तै छ न्यायालय
सप्कोभित्र छ दार्चुला करुणमा सुन्दा झसङ्गै म त
तात्यो रक्त बले शिरा र धमनी ठट्टा नगर् भारत

                             ।४।

तेरै कारणले करोड जनको संहार होलासरि
उर्लेको रणमा थरर्र धरती काँपेर रोलासरि
कालो क्रूर छ कूटनीति ननिको बुझ्दा झसङ्गै म त
तेस्रो देख्दछु विश्वयुद्ध नजिकै ठट्टा नगर् भारत

                               ।५।

छन्द:शार्दूलविक्रीडित

वि.सं.२०७६ मंसिर २० शुक्रवार १०:५२ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...