back
CTIZAN AD

डेनमार्कमा हुने भनिएको नेटोको ७० औँ वार्षिक सम्मेलन रोकियो

वि.सं.२०७६ मंसिर २३ सोमवार

741 

shares

२३ मसिंर, डेनमार्क । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) गठनको ७० औँ वर्षगाँठका अवसरमा कोपेनहेगनमा हुनेगरी तय भएको सम्मेलनबारे डेनमार्कस्थित अमेरिकी राजदूतावासले बेखुशी व्यक्त गरेपछि एक्कासी रद्द गरिएको छ ।

डेनमार्कको नेटोसम्बद्ध संस्था ‘डेनिस एट्लान्टिक ट्रिटी एसोसिएसन (डाटा)’ का अनुसार सुरक्षा नीति विज्ञहरूका अनुसार वर्तमान अमेरिकी नीतिबारे सीआईएका पूर्वविश्लेषक राजनीतिशास्त्री स्टान्ले स्लोनको अमेरिकाप्रतिको आलोचनापछि डेनमार्कका लागि अमेरिकी राजदूत क्लारा सान्ड्सले सम्मेलनबारे असन्तुष्टि व्यक्त गरेका हुन् ।

“हामीले स्लोनले कहिल्यै पनि हाम्रो सम्मेलनमा गैरराजनीतिक तथा लक्षित भाषण दिने कुरा कल्पना गर्नसक्दैनथ्यौँ । त्यसैले उनलाई वक्ताका रूपमा राख्यौँ तर पछि अमेरिकी राजदूतले सम्मेलनमा स्लोनलाई हटाउन आग्रह गरे,” डाटाका महासचिव लार्ज व्यङ्गर्ट स्ट्रुवेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले थपे, “स्लोनलाई वक्ताबाट हटाइएपछि डाटाले सम्पूर्ण कार्यक्रम नै रद्द गर्ने निर्णय लिएको छ ।”

फ्रेडेरिक्सवर्ग क्यासलमा आयोजना गर्नेगरी तय भएको सम्मेलन आगामी बुधबार शुरू हुने घोषणा गरिएको थियो । कार्यक्रम अमेरिकी सहकार्यमा डाटाद्वारा गरिएको थियो ।

वि.सं.२०७६ मंसिर २३ सोमवार १०:५७ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...