back

सात गुच्छासहित क. प्रचण्डलाई जन्मदिनको शुभकामना

वि.सं.२०७६ मंसिर २६ बिहीवार

1.3K 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज जन्मदिन । उहाँको जन्मदिनको अवसरमा सम्भवत सम्माननिय प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले पनि सरप्राइज गिफ्ट वा केही टोकन दिइसक्नु भएकौ छ वा दिनु हुनेछ वा पक्का पठाउनुहुनेछ । त्यसबाहेक वरिष्ठ नेताहरु झलनाथ खनाल र कमरेड माधव नेपाल लगायत सचिवालयका सबै, स्थायी समिति, केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला, स्थानीय तह र वडा तथा टोल कमिटीमा रहैका लाखौं कमरेडहरुले उहाँको सु–स्वास्थ्य र प्रगतिको कामना गर्दै हुनुहुन्छ । त्यसबाहेक क. प्रचण्डको व्यक्तिगत जीवन सिध्याउन खोजेकाहरुबाट पनि आज उहाँको जन्मदिनमा सुंस्कारित वाणिहरु संप्रेषण हुने नै छन् । यो भव्यताका विचमा मेरो यो अन्तरआत्माको पुष्पगुच्छा अनलाइनका माध्यमबाट खुमलटार संप्रेषण गर्दैछु । मलाई विस्वास छ, लामो सहयात्रीका हिसाबले मेरो यो गुच्छालाई कमरेडली भाव र स्नेही आत्मीयता सहित क. प्रचण्डले लिनुहुनेछ ।

प्रिय कमरेड,
लामो समयदेखि थाति रहेको नेपाली जनताको मुक्तिको चाहना सम्बोधनका लागि तपाईले नेपालको सन्दर्भमा निकै ठूलो आँट, साहस र दृढता देखाउनु भयो । कमरेड पुष्पलाल लगायतका अग्रज संस्थापकहरुले रोपेको विरुवालाई हुर्काउँदै सहि उत्तराधिकारीका रुपमा आफूलाई स्थापित पनि गर्नुभयो । नेपाली जमिनमा नक्कली विरुवा हुर्कन दिनुु हुँदैन भनेर तपाईले नयाँ आँट गर्नुभयो । समाजको वर्गस्वरुप, राजनैतिक–सामाजिक संघर्ष तथा वर्गसंघर्षका प्रयास र अभ्यासको विशिष्ट शष्लेषण गर्दै दीर्घकालिन जनयुद्धको नेतृत्व गर्नुभयो । नेपाल मात्र होइन, संसारैलाई थर्काउने, हल्लाउने र देखाउने गरी राजनैतिक छलाङका दृश्य संप्रेषण गराउन सक्नु भयो । त्यतिमात्र होइन, तपाई आफैंले शान्ति प्रक्रियाको अर्को मोर्चा खोलेर दुनियालाई चक्मा पनि दिनु भयो ।

जिते संसार, हारे हत्कडी अर्थात् मृत्यु या मुक्तिको शपथ खाँदै र बलिदानीका अनेकौ किर्तीमानी कायम गर्दै रुदारुदै हाँस्ने र हाँस्दा हाँस्दै रुने प्रचण्डपथीय विशिष्टता संप्रेषण गरेर नेपालको वर्गसंघर्षलाई गणतन्त्रसम्म तपाईले नै ल्याएको हो । वर्तमान गणतन्त्र संबैधानिक गणतन्त्र मात्र हो वा सामान्तवादी गणतन्त्र हो वा पुँजीवादी गणतन्त्र हो वा दलाल गणतन्त्र हो वा प्रगतिशील गणतन्त्र हो भन्ने बारेमा हाम्रो समाजमा अहिले पनि मतभेद छन् । नेताहरुमा देखिएको कतिपय व्यक्तिवादीता तथा आचरण र व्यवहारले हामी कस्तो गणतन्त्रको अभ्यास गर्दैछौं भन्ने प्रश्नलै सबैलाइ छौएको कामरेडलाइ विदितै छ । व्यवहारमा आएका अस्वभाविक दृश्यहरुले द्धिविधा बढाइरहेका छन् । नाउँ गणतन्त्र तर व्यवहार सामान्तवाद अझै हावी छ । यसको निदान गरेर गणतन्त्रलाई व्यवहारमै जनपक्षिय बनाउन तपाईले गरेका प्रयास र अभ्यास जनस्तरसम्म पुर्याउन जरुरी छ । झण्डै ३८ वर्षदेखि एउटै राजनैतिक यात्रामा हिँडेको र सबै प्रकारका जोखिम भोगिसकेको एक सहयात्रीका हिसावले तपाईको यो जन्मदिनका अवसरमा केही कुरा राख्न चाहेको मात्र हो ।

कमरेड प्रचण्ड देवता होइन । तपाईलाई देवता बनाउनेहरुले नै राक्षस पनि भने । कम्युनिष्टहरु देवता र राक्षसका दुवै अतिवाद मान्दैनन् भन्ने भौतिकवाद तपाइले नै सिकाएकोले मैले तपाईलाई देवता कहिल्यै पनि मानिन र पशुपतिनाथसम्मलाई पनि मानेको छैन । मैले कसैलाई देवता मान्दिन भन्दा खप्कि पनि कैयौपटक खानु पर्यो होला तर २ वर्ष अगाडि देवता ठान्नेहरुले अर्को दुईवर्षमै राक्षस भनेको सुन्दा तपाई पनि पक्का हाँस्नु भयो नै होला । यस्ता यावत विज्ञान विरोधि चिन्तन र संस्कृृतिहरु हाम्रो आन्दोलनमा अहिले पनि उत्तिकै जव्बर छन् । नेतृत्व भनेको वास्तवमा आफ्नो वर्ग, जनता, राष्ट्र, क्रान्तिको बाँकी कामको मुटु र त्यसको योजना दिने मस्तिष्क हो । यहि भावनाका साथ कमरेडलाई मनका गुच्छा अर्पेको मात्र हो । तपाईको यो जन्मदिनको पावन अवसरमा हाम्रो आन्दोलन समाज र राष्ट्रमा थाँतीरहेका बाँकी कार्यभार छिचोल्न अझै बढि उत्प्रेरणा थपियोस् भन्ने मात्र हो ।

– हजारौको बलिदानी एवं लाखौको त्याग र सक्रियताबाट तपाइको नेतृत्वमा प्राप्त गणतन्त्रलाई जनपक्षिय (आलोचना त के सुझाव टक्रयाउँदा पनि रिसाउने र निषेध गर्ने संस्कृति) हटाउने बनाउन मुख्यत नेतृत्वको टिमबाटै रुपान्तरण देखाउने उर्जा अझ थपिने विश्वास गरेको छु ।-पार्टी भित्र नीति, विधि र पद्धति भन्दा माथि कोही नहुने कुरालाई स्थापित गर्न तपाईको रुची र क्रियाशीलता अझै बढ्ने तथा ‘कसैलाई कामै काम, कसैलाई ठण्डाराम’ बनाइदिने पुरानो प्रणाली भत्काएर एक व्यक्ति एक कार्यकारी जिम्मेवारीको अनुभुति सेल सम्म संप्रेषण गराउने तपाईको मिहिनेत अब छिटै परिणाममा पाइने विश्वास गरेको छु ।

-आन्दोलनको कुल योग जनहित भएको र समृद्धिबाटै मात्रै सुखी अनुभुती हुने भएकाले राष्ट्रको समृद्धि र जनताको सुखलाई प्रमुख कार्यभार ठान्नु भएका तपाईले बैज्ञानिक समाजवादको मार्ग स्पष्ट पार्दै माटोलाई माया गर्ने संस्कृतिको विकास, उत्पादनमैत्री वातावरणको निर्माण, उत्पादन, आत्मनिर्भरता, स्वाधीन पुँजीको निर्माण र समाजवादी राज्य प्रणाली निर्माणको विषयमा प्रष्ट मार्गचित्र संप्रेषण गर्ने जाँगर तपाईमा अझै बढ्ने विस्वास गरेको छु ।

– ‘नीजि पुँजी र निजी परिवार’ का विषयले हाम्रो आन्दोलनमा परेको नैतिक धब्बाका बारेमा नेतृत्व पंक्तिको तहगत रुपान्तरणको सिलसिला हुँदै आम मानव समुदायसम्मको संप्रेषण गर्ने नयाँ कोर्ष बनाउन तपाईमा थप उर्जा बढ्ने विस्वास गरेको छु ।

– वर्तमान निर्वाचन प्रणाली समाजवाद भन्दा उल्टो (धनी र पैसावाल मात्रै चुनाव लड्न सक्ने) रुपमा विकसित हुँदै गएकाले समाजबादमैत्री निर्वाचन प्रणाली बनाउन र त्यसका लागि नयाँ तरंग फैलाउन उत्साहित गराउने विस्वास गरेको छु ।

-समाज, आन्दोलन र पार्टी जीवनमा देखिएको अपारदर्शि जीवन प्रणाली हाम्रो यात्राको आशंका भएकाले काम गरेर खाने संस्कार बनाउन तथा भेदभाव, अन्त्य र शोषण (भित्र तथा बाहिर) रोक्न तपाईको रुची र क्रियाशीलता अझै बढ्ने विश्वास गरेको छु ।

-अहिले देशमा जे जस्ता सकारात्मक सूचांकहरु देखा परेका छन् । त्यसमा मूलत तपाईको योगदान र सक्रियता छन् नै तर विचार र आचारका विचमा, संगठन र संघर्षको विचमा, राजनीति र संस्कृतिका विचमा तथा शब्द र कर्मको विचको अन्तर हटाएर सबै नेपालीको आत्मविस्वास बढाउन तपाईको भूमिका अझै बढ्ने विस्वास मैले गरेको छु ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १३:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
धनीले कसरी खेल्छन् पैसाको खेल ?

धनीले कसरी खेल्छन् पैसाको खेल ?

काठमाडौँ । अमेरिकाका लगानीकर्ता चार्ली मुकारले भनेका थिए, “मेरो लक्ष्य...

पुष्पलालप्रति नेपाली जनताको आस्था

पुष्पलालप्रति नेपाली जनताको आस्था

काठमाडौँ । मानिसहरू यो संसारमा जन्मन्छन् र आफ्नो राष्ट्रका लागि...

साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

काठमाडौँ । साउन महिना बहुत मोहक र मादक हुन्छ ।...

ओली सरकारसँग स्थिरताको आशा

ओली सरकारसँग स्थिरताको आशा

काठमाडौँ । गएको जेठ १५ गतेका सामाजिक सञ्जालहरुको सरसर्ती सर्भे...

शंकाको घेरामा प्रधानमन्त्री ओली

शंकाको घेरामा प्रधानमन्त्री ओली

काठमाडौँ । गत असार १७ गते मध्यरातमा नेपाली काँग्रेस र...

राष्ट्रिय विभूति बन्न नसकेकी योगमाया

राष्ट्रिय विभूति बन्न नसकेकी योगमाया

काठमाडौँ । आठ मार्च अर्थात् विश्व नारी दिवस नेपालमा पनि...