back
CTIZAN AD

श्रीलङ्काले डेङ्गु प्रतिरोधी ब्याक्टेरिया‘वोल्बाचिया’ को प्रयोग गर्दै

वि.सं.२०७६ मंसिर २६ बिहीवार

684 

shares

२६ मसिंर, कोलम्बो ।श्रीलङ्काको सरकारले डेङ्गुलाई निर्मुल गर्नका लागि विशेष प्रकारको ब्याक्टेरियालाई प्रयोग गर्ने भएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूले बिहीबार श्रीलङ्काको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी भनेका छन्, “सरकारले अब डेङ्गुको सङ्क्रमणलाई रोक्न विशेष प्रकारको ब्याक्टेरियाको प्रयोग तथा परीक्षण गर्न लागेको छ ।”

मन्त्रालयका उप–महानिर्देशक पावा पालिहवादानले भने, “डेङ्गु सङ्क्रमणलाई रोक्न ‘वोल्बाचिया’ नामक एक प्रकारको ब्याक्टेरियालाई कोलम्बोका नगर क्षेत्रमा सन् २०२० को फेब्रुअरीदेखि छोडिनेछ ।

नगरका घरहरूमा लामखुट्टेका फुल र ‘फुड क्याप्सुल’ पानीमा दुईहप्तासम्म बन्द गरिनेछ । यसबाट वयस्क लामखुट्टे पैदा हुनेछन् र तिनीहरूलाई डेङ्गु प्रतिरोधी ब्याक्टेरिया फैलाउनका लागि खुलास्थानमा छोडिनेछ ।”

विश्व लामखुट्टे नियन्त्रण कार्यक्रमका अनुसार ‘वोल्वाचिया’ ले लामखुट्टेको भाइरस सङ्क्रमण गर्ने क्षमतालाई कमजोर पारिदिने गर्छ । यसका कारण लामखुट्टेबाट मानिसमा भाइरस सङ्क्रमण हुने र आत्मनिभरतामा व्यापकमात्रमा वृद्धि हुन्छ । ‘वोल्बाचिया’ ले लामखुट्टेबाट सर्ने डेङ्गु, एलो फेवर र जाइकाजस्ता भाइरसहरूसँग लड्छ र भाइरस सङ्क्रमण गर्ने क्षमतालाई कम गर्छ ।

लामखुट्टेबाट सर्ने रोग नियन्त्रणका लागि ‘वोल्वाचिया’को परीक्षण गर्ने पहिलो मुलुक अष्ट्रेलिया हो र विगत आठ बर्षमा लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने यी समस्या अष्ट्रेलियामा नदेखिएको बताउने गरिएको छ ।

सन् २०१७ मा श्रीलङ्कामा एक लाख ८६ हजार १०१ जनालाई डेङ्गुको सङ्क्रमण भएको थियो भने ३२० जनाको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालय सरूवा रोग नियन्त्रण एकाईका अनुसार सन् २०१९ मा श्रीलङ्कामा डेङ्गुको सङ्क्रमण भएर अस्पताल पुग्ने विरामीको सङ्ख्या ८६ हजार ४८४ रहेको छ ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १३:२९ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...