back
CTIZAN AD

झडपमा नौजना अफगान तालिवान लडाकूको मृत्यु

वि.सं.२०७३ मंसिर २० सोमवार

1K 

shares

 

२० मङ्सिर, गाजनी (अफगानिस्तान) । अफगानिस्तानमा सुरक्षाफौज र तालिवान लडाकूबीच भएका झडपमा कम्तिमा नौ जना तालिवान लडाकूको मृत्यु भएको विद्रोहीको प्रभाव क्षेत्र मानिएको गाजनी प्रान्तका सैनिक प्रवक्ता मोहम्मद हनिफ रेजाईले जानकारी गराउनुभएको छ ।

शनिबार बिहानै तालिवान विद्रोहीद्वारा सुरक्षा जाँच केन्द्रमा लक्षित गरी आक्रमण सुरु गरेपछि भएको भिडन्तमा नौ जना विद्रोही लडाकूको मृत्यु भएको साथै सात जना घाइते भएका सेनाले दाबी गरेको छ । सेनाले आफ्नो पक्षमा कति क्षती भयो भन्ने विषयमा केही उल्लेख गरेको छैन ।

विद्रोहीले आफ्नो नियन्त्रण क्षेत्रमा सेनाको प्रभाव बढेको देखेपछि आक्रमणको योजना बनाइएको तर त्यहाँ तालिवान समूहले पराजयको सामना गर्नुपरेको प्रवक्ता रेजाईले जनाउनुभयो । सेनाले कारबाहीका क्रममा विद्रोहीबाट केही हतियार र विस्फोटक पदार्थ नियन्त्रणमा लिइएको बताएको छ । यस भिडन्तबारे तालिवान समूहद्वारा कुनै प्रतिक्रिया जनाइएको छैन । सिन्ह्वा

 

वि.सं.२०७३ मंसिर २० सोमवार ०४:०० मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...