back

झडपमा नौजना अफगान तालिवान लडाकूको मृत्यु

वि.सं.२०७३ मंसिर २० सोमवार

621 

shares
GLOBAL IME AD
NTC AD

 

२० मङ्सिर, गाजनी (अफगानिस्तान) । अफगानिस्तानमा सुरक्षाफौज र तालिवान लडाकूबीच भएका झडपमा कम्तिमा नौ जना तालिवान लडाकूको मृत्यु भएको विद्रोहीको प्रभाव क्षेत्र मानिएको गाजनी प्रान्तका सैनिक प्रवक्ता मोहम्मद हनिफ रेजाईले जानकारी गराउनुभएको छ ।

शनिबार बिहानै तालिवान विद्रोहीद्वारा सुरक्षा जाँच केन्द्रमा लक्षित गरी आक्रमण सुरु गरेपछि भएको भिडन्तमा नौ जना विद्रोही लडाकूको मृत्यु भएको साथै सात जना घाइते भएका सेनाले दाबी गरेको छ । सेनाले आफ्नो पक्षमा कति क्षती भयो भन्ने विषयमा केही उल्लेख गरेको छैन ।

विद्रोहीले आफ्नो नियन्त्रण क्षेत्रमा सेनाको प्रभाव बढेको देखेपछि आक्रमणको योजना बनाइएको तर त्यहाँ तालिवान समूहले पराजयको सामना गर्नुपरेको प्रवक्ता रेजाईले जनाउनुभयो । सेनाले कारबाहीका क्रममा विद्रोहीबाट केही हतियार र विस्फोटक पदार्थ नियन्त्रणमा लिइएको बताएको छ । यस भिडन्तबारे तालिवान समूहद्वारा कुनै प्रतिक्रिया जनाइएको छैन । सिन्ह्वा

 

वि.सं.२०७३ मंसिर २० सोमवार ०४:०० मा प्रकाशित

अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज

अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार हार्वर्डको विदेशी...

अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

भ्लादिभोस्तोक, रूस । रूसको चुकोतका स्वायत्त क्षेत्रको राजधानी अनादिरस्थित एक...

नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब

नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार वासिङ्टनको यहुदी सङ्ग्रहालय...

उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

सियोल । उत्तर कोरियाको नयाँ नौसैनिक विध्वंसकको प्रक्षेपण समारोहमा ठूलो...

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

एथेन्स । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको...