back
CTIZAN AD

क्युवाली नेता फिडेल कास्ट्रोको अन्त्येष्टी

वि.सं.२०७३ मंसिर २० सोमवार

1K 

shares

  २० मङ्सिर, सान्टियागो डे क्युबा (क्युबा) । आधा सताब्दीसम्म क्युबाको सत्ताको बागडोर सम्हालेका साम्राज्यवादविरोधी कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको निधन भएको नौ दिनपछि आइतबार उहाँको अवशेषलाई समाधिस्थलमा लगेर अन्तिम संस्कार गरिएको छ । सामान्य तरिकाले गरिएको उक्त अन्त्येष्टी समारोहमा सहभागी हुन विभिन्न देशबाट क्युवा पुगेका पाहुनाहरूले बताएका छन् ।

क्युबाको स्वास्थ्य र शिक्षा जगत्मा क्रान्तिकारी परिवर्तन गरी अधिकांश क्युबाली जनताको मन मुटुमा रहन सफल पूर्व राष्ट्रपतिको नोभेम्बर २५ गते ९० वर्षको उमेरमा निधन भएको थियो ।

 आइतबार विशाल जुलुससहित घण्टौ लगाएर उहाँको मृतआत्मालाई समाथिस्थलमा पु¥याइएको थियो । जुलुसमा सहभागी हुन पुगेका फिडेलका समर्थकले पूर्व राष्ट्रपतिलाई समाधिस्थल पु¥याउनुपूर्व ‘फिडेल अमर रहुन्’ भनी प्रार्थना गरेका थिए ।

 अब क्युबाले फिडेलकोे भौतिक शरीरलाई त पाउने छैन तर उहाँको विचार र आदर्शले क्युबालाई नयाँ गति दिनेमा सहभागीले विश्वास गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।

 एक हप्ताभन्दा बढी शोकसभा तथा जुलुसमा सहभागी बनेर उहाँका लाखौँ समर्थकले उहाँप्रति अन्तिम सम्मान अर्पण गरेपछि अन्ततः उहाँलाई क्युबाका क्रान्तिकारी कवि तथा क्युबाली स्वतन्त्रता सङ्ग्रामका नायक जोस मार्टीको समाथिस्थल नजिकै समाधि निर्माण गरी अन्त्येष्टी  गरिएको उहाँका भाई तथा उत्तराधिकारी राष्ट्रपति राहुल क्यास्ट्रोले बताउनुभयो ।

  उहाँको अस्तु सान्टियागो पु¥याउँदा हजारौँ मानिसले भावविह्वल भएर शोक व्यक्त गरेका थिए । फिडेलको अस्तुलाई क्युबाको राजधानी हवानाबाट स्यान्टियागो पु¥याइएको थियो ।

 फिडेलको अस्तुलाई साक्षी राखेर हामी सबैले जन्मभूमि र समाजवादलाई बचाउ गर्नुपर्ने छ भन्दै राष्ट्रपति राहुल क्यास्ट्रोले भन्नुभयो, “हामीले कुनै पनि जटिलता, चुनौती, अशान्तिविरुद्ध लड्दै क्युबामा समाजवादलाई स्थापित गराएरै छाड्ने छौँ ।”

 फिडेलको अन्तिम सम्मानमा भेनेजुयला, निकारागुआ तथा बोलिभिया लगायतका विश्वभरका नेता तथा अर्जेन्टिनी फुटबल नायक डिएगो म्याराडोना समेले सहभागिता जनाएका थिए । ब्राजिलीयाली पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा तथा डिल्मा रुसेफ पनि फिडेललाई श्रद्धाञ्जली अर्पण गर्न  क्ुयुवा पुग्नुभएको थियो ।

फिडेलको प्रसिद्धि र प्रभावले क्युबा र यस क्षेत्रलाई उहाँको भौतिक शरीर यस संसारमा नभए पनि साच्चै उहाँलाई यस संसारले बिर्सिने छैन, लामो समयसम्म उहाँको विचार आदर्शले कयुबा र दक्षिण अमेरिकी मुलुकहरूमा महत्व पाइनै राख्नेछ, वासिङटनस्थित बु्रकिङ इन्स्टिच्यूसनका प्रभावशाली विश्लेषक टेड पिकोनले भन्नुभयो ।

  “फिडेल मरेर गए पनि उहाँको विरासत रातारात हराउने छैन, उहाँ क्युवा तथा यस क्षेत्रमा अमर रहनु हुनेछ ।” पिकोनले थप्नुभयो ।

 फिडेलका भाइ तथा क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रोले यसै महिनाको अन्त्यमा हुने राष्ट्रियसभा (नेसनल एसेम्ब्ली) ले स्वर्गीय पूर्व राष्ट्रपति फिडेलको आदर्शलाई पालना गर्ने कानुन पास गर्नेसमेत अन्त्येष्टीसभालाई सम्बोधन गर्ने क्रममा बताउनुभयो । एएफपी

वि.सं.२०७३ मंसिर २० सोमवार ०४:०१ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...