back

क्यालिफोर्नियाको गोदामघरमा भएको आगलागीमा चालिसको मृत्यु भएको आशङ्का

वि.सं.२०७३ मंसिर २० सोमवार

246 

shares
NTC AD
Global IME AD

२० मङ्सिर, ओकल्यान्ड (पश्चिम क्यालिफोर्निया । अमेरिकी राज्य क्यालिफोर्नियाको एक गोदामघरमा शुक्रबार भएको आगलागीबाट कम्तिमा ४० जनाको मृत्यु भएको हुनसक्ने भन्दै अग्नी नियन्त्रक अधिकारीले मृतकका शरीर जम्मा गरिरहेका बताएका छन् ।

  यद्यपि अहिलेसम्म प्राप्त सूचनाअनुसार नौ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

  सान फ्रान्सिस्को नजिकैको सहर ओकल्यान्डमा शुक्रबार राति भएको उक्त घटनापछि सम्पर्कमा आउन नसकेका मानिसका आफन्तजनले लामो पर्खाइपछि पनि आफ्ना प्रियजनलाई भेट्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

 उक्त गोदामघरको एक तलामा रहेको ‘रेभ पार्टी’ (सङ्गीत तथा अन्य मोजमस्तीसहितको सेवा) प्रदान गर्ने रेस्टुरेन्टबाट आगलागी सुरु भएको बताइएको छ ।

उक्त भवनमा आगलागी नियन्त्रणका लागि कुनै सुविधा नभएकाले ठूलो क्षति हुन पुगेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट थाहा भएको अग्नी नियन्त्रकले जनाएका छन् ।

 भवनभित्र आगलागी भएपछि भवनको छानाबाट सुन्तला रङ्गको ज्वाला निस्केको प्रत्यक्षदर्शीले बताएका छन् । भवनभित्र भएका मानिसको एकीन सङ्ख्या भने अझै थाहा हुन नसकेको एलनिडा काउन्टी सेरिफका विभागीय प्रमुख सर्जेन्ट रे केलीले बताउनुभयो ।

उहाँले नौ जनाको मृत शरीर भेटिइसकेको र अझै दुई दर्जन मानिस भवनभित्र हराएका सूचना प्राप्त भएको बताउनुभयो ।

भवनको भग्नावशेषभित्र थुप्रै मानिस पुरिएर रहेको हुनसक्ने उहाँले बताउनुभयो । अधिकारीले हराएका मानिसको खोजी कार्य जारी राखेको बताएका छन् ।

 आगलागी हुँदा ५० देखि १०० जना मानिस भवनभित्र रहेको अपुष्ट समाचार बाहिर आए पनि केहीले आगलागीपछि भागेर बाँच्न सफल भएका थिए । एएफपी

वि.सं.२०७३ मंसिर २० सोमवार ०४:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

  वासिङ्टन । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल...

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

बेइजिङ । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सँग...

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

सियोल । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम...

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

अबुजा (नाइजेरिया) । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा यसै महिनाको शुरुमा बन्दुकधारीले...