back
CTIZAN AD

मेरा पाँच मुक्तक

वि.सं.२०७६ पुस ५ शनिवार

2.4K 

shares

(१)
तिम्रो काखमा शरण पर्न, आउछु नेपाल आमा
तिम्रो ओठमा खुशी छर्न, आउछु नेपाल आमा
देश दुखेको बेला बिदेश, बस्ने रहर छैन मलाई
त्यो लिपुलेक फिर्ता गर्न, आउछु नेपाल आमा…

(२)
शिरमा मेरो ढाका टोपी, यो छाती भित्र देश
प्यारो लाग्छ नेपाली भनी, मलाई चिनाईदिने भेष
धन दौलत सुख सयल, खोज्दै बिदेश जानु भन्दा
ढिंडो खाई देशमै बस्नु, बरु त्यो पो हुन्छ बेश …

(३)
यो देशका प्रत्येक सन्तानलाई, देशको मायाँ हुनुपर्छ
देशलाई कतै चोट लाग्दा, उसको मन रुनुपर्छ
एकातिर संसारको सुख अर्को, तिर देशको माटो राखि
के रोज्छस् भनि सोध्दा ऊसले, देशको माटो छुनुपर्छ…

(४)
महिला हिंसा बिरुद्द भन्दै, शहरमा भाषण गरेको सुन्छु
तर कती निरिह महिला, हिंसाको मारमा परेको सुन्छु
हिंसा बिरुद्द अभियान जहाँ, चलाउनु पथ्र्यो पुगेन त्यहिं
छाउगोठ भित्र बस्दा कति, दिदि बहिनी मरेको सुन्छु …

(५)
कति बस्छौ नारी तिमी, कुसंस्कारमा जेलिएर
अझै सम्म बिभेदरुपि, खाडलभित्र छेलिएर
छातिभित्र साहस बोकि, उठ्न सिक अब आफैं
बाँच्नुहुन्न हेला हिंसा, अत्याचारमा पेलिएर …

वि.सं.२०७६ पुस ५ शनिवार १०:०९ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...