back
CTIZAN AD

कविता : नौलो वाद

वि.सं.२०७६ पुस ५ शनिवार

852 

shares

बहसै बहसको यो ब्रम्हाण्डमा
नथपौँ फेरि अर्को बहस
नारीवाद या पुरुषवाद
आउ बरू त्यस्तो वादको कुरा गरौं
त्यो नहोस् फगत नारीको
न होस् त्यो पुरुषको
बहस गरौँ बरु
-मानवतावादको
-प्रेमवादको
-सह-अस्तित्वको
-सह-कार्यको
हो, आऊ अब
कुरा गरौं-बराबरीका
कुरा गरौं-सराबरीका

म बुझ्दिन
बा महान कि आमा ?
लिङ्ग महान या योनि ?
डिम्व महान या विर्य ?
कुन वादले हुन्छ गर्भाधान ?
कुन वाद लागु हुन्छ गर्भमा ?
कुन वाद लिएर जन्म लिन्छ शिशु ?

म चाहन्न कि
तिमि एउटा वाद बोकेर आऊ
म बिरोध र प्रतिवाद लिएर आऊँ
यस्तो नहोस् कि
यस्तो हैन कि
म जुलुस लिएर आऊँ
तिमी लाठी लिएर लखेट्न आउ
भो भो यस्तो अन्त्यहीन बहस नगरौं कि
‘कुखुरी पहिला आयो या अन्डा’
चन्द्र महान कि सूर्य ?
आकास महान कि धर्ती ?
आगो ठूलो कि पानी ?
भोक ठुलो कि भोजन ?
जमिन ठुलो कि बिज ?

एकछिन सोचौं के होला
फूलले भमरालाइ मुद्दा हाल्न थालिन् भने
कसरी होला परागसेचन ?
लाग्ला कसरी फल फूलहरुमा ?
कसरी बन्ला अमृतसरी मह घारमा ?
पितृसत्ता चलायो भने रानो माहुरीले
कसरी ठडिएला बालुवाको दरबार
लेंगिक–भेद जाग्यो भने कमिलामा ?
बनाउँली गौंथलीले गुँड कसरि
भालेमा अहंमता जाग्यो भने ?

नारी र पुरुष
श्रृष्टिका अबिभाज्य अवयव
देहमा समेटिएको सास जस्तो
फुलमा हराएको वास जस्तो
इन्द्रेणिमा मिसिएको रंग जस्तो
संगितमा झन्किएको तरंग जस्तो
आऊ, कुनै त्यस्तो अलिखित वादको सुत्रपात गरौं
जहाँ,
एउटा रम्दा अर्को नदुखोस्
एउटा चढ्दा अर्को नखसोस्
एउटा जिउँदा अर्को नमरोस्
एउटा फुल्दा अर्को नझरोस्

वि.सं.२०७६ पुस ५ शनिवार १०:१२ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...