खुशी हुन सकिन म तिम्रो शहर देखेर ।।
हर मान्छे आतुर भएको प्रहर देखेर ।।
पैसा भज्छन्,पैसै पुज्छन् छ हतारो र चटारो
गधाले झैं मान्छेले पाएको कहर देखेर ।।
एैँचो–पैँचोमै पनि ब्याज जोडेको देखेकोछु
दुनियाँ स्वार्थी रहेछ भन्ने ठहर देखेर ।।
अस्मिता र ज्यानको मोलतोल हुने ठाउँमा
मान्छे नै यौन पिपासु बाच्छा बहर देखेर ।।
शान्तिको गुञ्जन छैन, घुम्दैछन् जल्लादहरु
बुद्धभूमिमा हत्या हिंसाको लहर देखेर ।।
वि.सं.२०७६ पुस ५ शनिवार ११:३० मा प्रकाशित






























