back
CTIZAN AD

कविता : अर्धनग्न विज्ञापन

वि.सं.२०७६ पुस ५ शनिवार

858 

shares

अचेल म ! यो सोचिरहेको छु
किन कविता लेखिरहेको छु ?
के का लागि लेखिरहेको छु ?
कसका लागि लेखिरहेको छु ?
नबुझि लेखिरहेको छु कि ?
बुझेर लेखिरहेको छु
तर पनि लेखिरहेको छु
बाह्रखरी संग काँचो दुश्मनी मोलेर
आकार ईकार मिलाई नमिलाई
डाडा भाटा भेल्सी ठडाईरहन्छु
पुतली पाखामा बतासे बन्धन बाँधेर
शिरमा शिरबिन्दु, चन्द्रबिन्दु राखेर
पाउमा पाउपोष उकार लागाईदिन्छु
अनि बोलाउछु, सक्दो बोलाउछु
तर पनि बोल्दैन मेरो कविता
सायद मस्तिष्क नभएर होला,
चेतना शून्य भईरहन्छ
केही बोल्दै नबोले पनि..स
दोहोराई दोहोराई लेखिरहन्छु
कर्कर्ती बोलाईरहन्छु
स्वर व्यञ्जनको साँघुरो गल्लीमा
ह्रस्व दीर्घहरूको घाटी निमोठेर
कति अर्थ, अनेकार्थ पारिदिन्छु
बोल्न खोज्नेहरू पनि अर्कै बोल्छन्
नबोल्नेहरू झन् चिच्याउदै बोल्छन्
बिना अर्थका प्रत्येक पङ्तिहरू
हरफ हरफ भएर पाना मैलो पार्छन्
शब्दको चाङ मात्रै थुपारिरहन्छु
डोको बाट मल भारी थुपारे जस्तै
न कुनै अर्थ दिन्छ त्यसले
जसले जस्तो अर्थ दिनु पर्ने हो
गाई लेख्दा गोरू डोऽऽ..वा गर्छ
कोईली लेख्दा काग, काग..ऽ काग..ऽ गर्छ
सायद म यस्तै यस्तै कविता लेखिरहेछु
हेज्जेहरूको घुँडा भाँचेर
शब्द शब्दमा काम्रो बाँधिरहेको छु
शल्यक्रिया कक्षमा बेहोसीको सुई हालेर
झन बेहोस बनाईरहेको छु
म आज किन अराजक भईरहेको छु
कविता भन्दै भाषण लेखिरहेको छु
साँढेहरू आपसमा सिंगौरी खेले जस्तै
कतै सिङ भाँचेर, कतै आँखा फोडेर
रक्तामे पारिरहेको छु, मुटु कलेजो
कवि हुने वहानामा अहंकार ओकलेर
म ! अ… कवि,
कविको ट्याग झुण्ड्याउन हतारमा छु
सेण्डिगेट साहित्यमा छेपाराहरू बटुलेर
सस्तो लोकप्रियताको खातिर
होर्डिङ बोर्डको अर्धनग्न विज्ञापन जस्तै
कवि हुने लहडमा झुण्डिन आतुर छु
कपि पेस्टको, यो जमानामा
सबै देवकोटा, भूपी बन्न खोज्छन्
जर्ज बनार्डशा, ह्यमलेट बन्न खोज्छन्
म पनि सायद त्यस्तै, उस्तै हुँला
होर्डिङ बोर्डको अर्धनग्न विज्ञापन ।।

वि.सं.२०७६ पुस ५ शनिवार १०:३२ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...