back
CTIZAN AD

दाङ खाद्यान्नमा आत्मनिर्भर, आठ हजार ४०१.८३ मेट्रिक टन बचत

वि.सं.२०७६ पुस ६ आइतवार

1.1K 

shares

६ पुस, दाङ । दाङ खाद्यान्नमा आत्मनिर्भर देखिएको छ । वार्षिक एक लाख १५ हजार १७९ मेट्रिक टन खाद्यान्न खपत हुँदै आएको दाङमा अहिले वार्षिक एक लाख २३ हजार ५८१ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ ।

जिल्लामा अनुमानित जनसङ्ख्या छ लाख ३६ हजार ३४९ रहेकोे भन्दै कृषि ज्ञान केन्द्रका सहायक सूचना अधिकारी फिर्तुमान चौधरीले सोहीअनुसार खाद्यान्न आवश्यक पर्ने जानकारी दिए । उनका अनुसार दाङमा वार्षिक एक दशमलव ७८ प्रतिशतका दरले जनसङ्ख्या वृद्धि भएको छ ।

दाङमा प्रतिव्यक्ति १८१ किलोग्रामका दरले खाद्यान्न आवश्यक पर्ने गरेको उनको भनाइ छ । बचतका हिसाबले आठ हजार ४०१.८३ मेट्रिक टन बचत हुँदै आएको छ । प्रतिव्यक्ति ०.०१ मेट्रिक टन खाद्यान्न बचत हुने गरेको सहायक सूचना अधिकारी चौधरीले जानकारी दिए ।

जिल्लामा अहिले उत्पादन हँुदै आएको खाद्यान्न बाहिरसमेत निर्यात हुने गरेको छ । कृषि पेशामा जिल्लाका नागरिक आत्मनिर्भर भइरहेको हुँदा यहाँ उत्पादित वस्तु बाहिर निर्यात हुने गरेको उनले बताए । अहिले जिल्लामा मुख्य खाद्यान्नका रूपमा धान, मकै, गहुँ, कोदो, जौ, फापर आवश्यकताभन्दा बढी उत्पादन हुँदै आएको छ ।

दाङको समथर भागमा विशेष गरेर अहिले धान उत्पादन हुने गरेको छ । माथिल्लो भेगमा कोदो, फाफर, जौ तथा देउखुरी क्षेत्रमा मकै बढी उत्पादन हुने गरेका ज्ञान केन्द्रले जानकारी दिएको छ । बचत भएको उत्पादित वस्तु निर्यातमा समस्या नभएको जनाइएको छ । कृषकले आफ्नै घरआँगनबाटै बचत खाद्यान्न बिक्री–वितरण गर्दै आएको बताएका छन् । जिल्लामा खाद्यान्न बढ्दै गएको हुनाले भोलिका दिनमा पनि खाद्यान्नमा समस्या नहुने सहायक सूचना अधिकारी चौधरीले बताए ।

वि.सं.२०७६ पुस ६ आइतवार १३:५३ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...