back
CTIZAN AD

हेर्नुहोस् त अमलाका खाँदाको कति छन् फाइदा ,,,,

वि.सं.२०७६ पुस ६ आइतवार

1.9K 

shares

७ पुस , काठमाडौँ । अहिले अमलाको सिजन छ । अमला हामीमध्ये धेरैलाई मन पनि पर्छ होला तर कतिलाई यो अमिलो हुने भएकाले मन नपर्न पनि सक्छ ।

गाउँघरमा सजिलै पाइने अमला खाँदा जति स्वादिष्ट हुन्छ स्वास्थ्यको दृष्टिकोणले पनि उति नै गुणकारी छ । अमलामा प्रशस्त मात्रामा गालिक एसिड, क्याल्सियम, सेलुलोज, टान्निक एसिड र अल्बुमिन जस्ता शरीरलाई आवश्यक तत्त्व पाइने हुँदा यसलाई स्वास्थ्यको दृष्टिकोणले औषधीय गुणयुक्त फलको रूपमा लिइन्छ ।

एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ । आयुर्वेदिक दृष्टिकोणले पनि अमलाको अति नै महत्व छ । अमलामा रहेको तत्वले दिमाग तेज बनाउँछ । त्यसैगरी छालाको समस्याबाट दूर राख्छ ।

भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ ।

यस्तो छ अमला खाँदाको फाइदा
-अमलाको सेवनले बुढोपन हुनबाट जोगाउँछ भने मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट समेत बचाउँछ ।

-नियमित अमला सेवनले पिसाब पोल्ने जस्ता पिसाबसम्बन्धी समस्याबाट छुटकरा पाउन सकिन्छ ।

-नाथ्री फुट्ने, महिनावारीमा बढी रगत जाने आदिमा अमलाको नियमित सेवनले रक्तश्राव हुने क्रम घट्छ ।

-अमला सेवनले रुघाखोकीसमेत बिसेक हुन्छ ।यो खाँदा अनुहारको चमक बढाउन सहयोग गर्दछ ।

-अमलाको धुलो एक चम्चा महसंग खाँदा यसले रगतमा चिनीको मात्रा कम गरी मधुमेह नियन्त्रण गर्न मद्दत गर्दछ ।

-अमलाले शरीरमा भएको बिषालु पदार्थ हटाई शरीरलाई रोगहरुबाट बचाउंछ ।

-सुकाएको अमलाको धुलो पानीसंग खाँदा कब्जियतको समाधान गर्छ ।

-अमलाको तेलले कपाल फुल्न रोक्छ र कपाल बाक्लो र सुन्दर बनाउन मद्दत गर्छ ।

-अमलाको प्रयोगले शरीरमा कोलेस्टेरल लेभल घटाउँछ र भयानक मुटु रोगबाट बचाउँछ ।

-अमला खानाले स्मरण शक्ति बढाँउछ । दिनको दुईतीनवटा ताजा अमला खाने वा बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा खाना रुची बढ्छ ।

-अमलाको चूर्णले दाँत मल्ने, अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या हट्छ । केही समयसम्म अमला पनि नियमित रूपले खाने गर्नुपर्छ ।

-अमलामा भिटामिन सी प्रशस्त पाईने भएकाले छालाका रोग, रक्तनली र मुटुका रोगबाट बच्न र निको पारी शरीरमा भिटामिन सीको कमीलाई पूर्ति गर्न अमलाको नियमित प्रयोग अति प्रभावकारी हुन्छ ।

वि.सं.२०७६ पुस ६ आइतवार १४:२३ मा प्रकाशित

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...